इलाम, ९ बैसाख : स्वाब टेष्टको लागि विराटनगर पठाइएका इलामका रोजित सिंजली र सरोज अधिकारी को कोभिड-१९ रिपोर्ट नेगेभिटआएको छ। डाक्टर मेघ बहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेण्टाइनका इञ्चार्ज दिपक पौड्यालले आज सो रिपोर्ट आएको जानकारी दिए ।
डाक्टर मेघ बहादुर पराजुली सामुदायिक अस्पतालमा क्वारेण्टाईनमा १४ दिनदेखि बसेका २ मध्ये अधिकारीलाई रुघा खोकीको लक्षण देखिएपछि स्वाब टेष्टको लागि दुवै जनालाई ४ दिन अघि शनिबार विहान थप स्वाब परिक्षणको लागि विराटनगर पठाइएको थियो ।५ दिन अघि मात्र निजहरुको आरटीडी टेष्ट नेजेटिभ आएको थियो । इलाम ग्रीन संग कुरा गर्दै उनीहरूले रिपोर्ट नेगेटिभ आएको प्रति खुशी ब्यक्त गरे ।
इलाम नगरपालिकाले निजको परिवारलाई रिपोर्ट नेगेटिभ आएको जानकारी गराउदै बिराटनगरबाट उनिहरूलाई घर ल्याउने ब्यवस्था गर्न भनेको इलाम नगरपालिकाका अधिकृत रामकुमार शाहले जानकारी दिए ।