Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै सन्दकपुरका किसान

ग्रीन इलाम ग्रीन इलाम
September 4, 2024
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार
Reading Time: 1 min read
0 0
A A
0
‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै सन्दकपुरका किसान
Share on FacebookShare on Twitter

इलाम, १९ भदौः जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् ।
सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताए । “रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ”, उनले भने, “यसलाई जिल्लास्थित कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।”
“पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ”, किसान ठाकुर खतिवडाले भने । नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उनको बुझाइ छ ।
सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताए । “सुरुमा रोपिएका हरियो बिरुवालाई ग्राफ्टिङ गरेर रेड, गोल्डेनलगायत नयाँ प्रजातिका रुपमा विकास गर्न सकिन्छ”, उनले भने । उनका अनुसार यतिबेला यहाँका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ ।
अन्य जातको किबीभन्दा रेडको उत्पादन चाँडो हुने बताउँदै ठाकुरले नेपालीको चाडपर्व अगाडि यो फल पाक्ने भएकाले किसानले उचित मूल्य पाउने उनले उल्लेख गरे । “यो चिल्लो, बाहिरी भागमा झुस नभएको हुन्छ । बाहिर हरियो भए पनि यसको भित्री भाग रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो”, उनले भने ।
इलाममा व्यावसायिक रुपमा रेड किबीखेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवनठाडा मगरले बताए । “पछिल्लो समय जिल्लाका किसानको किबीप्रति आकर्षण बढ्न थालेको छ । रेड किबी साउन+भदौमा उत्पादन हुन्छ । अन्य कात्तिक+मङ्सिरमा मात्र उत्पादन हुने भएकाले चाडपर्वमा किसानले उचित मूल्य पाउँछन्”, उनले भने ।
बर्खामा अन्य कृषि उत्पादनबाट आन्दानी कम हुने गरेकामा रेड बिक्रीको उत्पादन हुन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । रेड किबीबाट प्रशस्त आम्दानी गर्न सकिने किसान ठाकुरले बताए । उनका अनुसार प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्म पर्दछ ।
अन्य प्रजातिका किबीभन्दा रेड महँगोमा बिक्री हुने भएपछि खेती विस्तार हुँदै गएको कृषि प्रसार अधिकृत मगरले बताए । उनका अनुसार यो फल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । जिल्लामा रेडसँगै गोल्डेन किबीको उत्पादन पनि सुरु भएको उनको भनाइ छ ।
एक दशकअघिदेखि सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीखेती सुरु भएको हो । तत्कालीन समयमा मूल्य नभएको भन्दै किसानले बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए । किसान ठाकुरले हाल किबीसँगै विकल्पका रुपमा यहाँका किसानले अलैँचीखेती पनि गर्दै आएका बताए ।
रेड किबीको सेवनले मधुमेह, मुटुसम्बन्धी, मांसपेसीसम्बन्धी, क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने चिकित्सक बताउँछन् । सबै उमेर समूह र गर्भवतीका लागि पनि रेड किबी फाइदाजनक हुने कृषि प्रसार अधिकृत मगरले उल्लेख गरे । रेड किबीबाट जुस, जाम र अन्य पेयपदार्थ बनाएर सेवन गर्न सकिने उनको भनाइ छ ।
बोटमा नै पाक्नसक्ने यो फल टिपेको लामो समयसम्म राख्न मिल्दैन । चाँडोगरी गल्ने र बिग्रिने भएकाले रेड किबी टिपेर तत्काल सेवन गर्नुपर्ने किसान बताउँछन् ।
सन्दकपुर–३ को तालगाउँ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा किबीखेती बढी हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिए । सन्दकपुर गाउँपालिकाको पाँच वटा वडा र इलाम नगरपालिका–१, २ र ३ मा किबी जोन कार्यक्रम सञ्चालन गरेर सरकारले खेती प्रवर्द्धनमा जोड दिँदै आएको छ ।
पछिल्लो समय उक्त परियोजनाबाट उल्लेख्य सहयोग नपाएको किसानको भनाइ छ । सुरुमा रु सात सय प्रतिकिलो किनबेच हुने गरेकामा हाल रु एक सयदेखि रु तीन सयसम्ममा कारोबार हुने गरेको किसान खतिवडाले जानकारी दिए ।
नेपालमा रातो गुदी भएको रेड, हरियो गुदी भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रुानो, एवोट, मचुवा र टिमोरी जातको किबी उत्पादन भइरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार पहेँलो गुदी भएको जेस्पिरी र गोल्डसमेत खेती तथा उत्पादन हुने गरेको छ ।
“किबीको बिरुवा हिउँदमा लगाउने गरिन्छ । पात झरेको समयमा पुस र माघमा बिरुवा रोप्ने गरिन्छ । किबी बहुवर्षे फल हो । किबीफल लहरामा फल्ने पत्झर फलफूलअन्तर्गत पर्दछ”, उनले भने ।
रेड किबी पाक्न थालेको बताउँदै मगरले अन्य किबी काँचो भएकाले अचारका रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिए । उनका अनुसार हालसम्म विश्वमा ७६ प्रकारका किबीका प्रजातिको पहिचान भइसकेको छ ।
किबी नेपालको इलामसहित काभ्रेपलाञ्चोक, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खेती हुँदै आएको छ । पश्चिमी जिल्लामा पनि इलामबाट बिरुवा लगेर खेती हुन थालेको छ ।
“यसको बिरुवा रोप्दा भाले र पोथी प्रजाति पहिचानगरी सँगसँगै रोप्नुपर्दछ । भाले, पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुन्छ”, कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले भने । यसलाई हाँगा ९डाँठ० र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको भन्दै रोपेको चौथो वर्षदेखि आम्दानी लिन सकिने उनले जानकारी दिए ।
पहाडी भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्री सहतबाट एक हजार दुई सय मिटरदेखि माथि दुुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषि विकास कार्यालय इलामले जनाएको छ ।
जिल्लामा कूल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत मगरले जानकारी दिए । उनका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो ।

ShareTweetPin
अघिल्लो समाचार

Michael Sir’s Funeral Completed

अर्को समाचार

निजामति दिवसमा गुरुकुललाई सहयोग

अर्को समाचार
निजामति दिवसमा गुरुकुललाई सहयोग

निजामति दिवसमा गुरुकुललाई सहयोग

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.