Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा बढ्न थाले पदयात्री

रासस

ग्रीन इलाम ग्रीन इलाम
October 29, 2023
भित्र अर्थ, पत्रपत्रिकाबाट, पर्यटन-उड्डयन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलामः दशैं तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैं तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो । गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क्षेत्र आइन् । प्राकृतिक सुन्दरताको आनन्द लिदै हिमालको दृश्य अवलोकन गर्नका लागि उनी धरानदेखि कञ्चनजङ्घा क्षेत्र आएकी हुन् ।

स्नातक तहमा अध्ययनरत उनले भनिन्, ‘दशैं तिहारका लागि स्कुल बिदाको समयमा यस क्षेत्रमा घुम्न आएको हो । बिदाको समयमा कञ्चनजङ्घा क्षेत्रमा घुम्न आएको हुँ ।’ लिम्बूसँगै धरान, झापा, पाँचथर जिल्लाबाट १६ आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेको कुम्भर्कण (फक्ताङलुङ) क्षेत्रको अवलोकन गर्न आएका थिए । सन्तकुमार नेम्बाङले यस वर्षको दसैँ हिमालतिरै बिताए । फूलपातीको दिन ताप्लेजुङको सदरमुकामदेखि लिम्बुको टोली कञ्चनजङ्घा क्षेत्र प्रवेश गरेको थियो । लिम्बूको टोलीले कञ्चनजङ्घा क्षेत्रमा १० दिनसम्म घुमघाम गर्ने योजना बनाएर दशैंको समय परेर पाँचथर जिल्लाबाट कञ्चनजङ्घा क्षेत्र आएको लिम्बूले बताए । ग्रिस्टोन माउन्टेन कम्पनी काठमाडौंबाट १७ जान बाह्य पर्यटक लिएर गाइड धनकुमार राई गत टीकाको दिन कञ्चनजङ्घा प्रवेश गरेका थिए । अहिले उनीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रतिर छन् ।

घुमघामका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि कञ्चनजङ्घा क्षेत्र रोजाइमा पर्दै गएको छ । दशैंको समयमा कञ्चनजङ्घा क्षेत्रमा बाह्य पर्यकको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा कञ्चनजङ्घा प्रवेशद्वारमा अवस्थित घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङले बताए ।

बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्छ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति अन्तरिक पर्यटकले अवलोकन गरे भन्न तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर प्रत्येक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।

घुन्सा चेकपोष्टका तथ्याङ्कअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्टेलियालगायतका देशबाट ३५० जना बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन् ।

विश्वको अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएको उनले बताए । मौसम खुलेपछि कञ्चनजङ्घा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोनाकालका केही वर्षपछि यो याममा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पयटन व्यावसायी पेमा शेर्पा बताउँछन् ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्वपूर्ण गन्तव्य हुने देखिन्छ ।

‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोना महामारीपछि योपल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नुभएको छ’, घुन्साका पर्यटन व्यवसायी धर्के शेर्पाले भने, ‘करिब १८–१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ । घुम्ने अत्यधिक ठाउँ भएकाले यहाँ आउने पर्यटक निकै रमाउनु हुन्छ ।’

पदयात्राका लागि यो क्षेत्र निकै महवत्पूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेसक्याम्प, फक्ताङ्लुङ हिमाल यहाँको अत्यन्त महत्पूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्वपूर्ण छ ।

कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । यस क्षेत्र जाने पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित गरिएको छ । होटल, टि हाउस भएकाले कञ्चनजङ्घा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । यस क्षेत्रमा सडक निकै टाढा भएकाले पदयात्रा गर्न उपयुक्त छ । विदेशीहरुले यही भएर बढी रुचाएका छन् । क्रमशः पर्यटकको वृद्धि हुने अपेक्षा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्ले राखेको छ ।

बस्नका लागि होटल सुविधा रहेको छ । आन्तरिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटकपटक पुगेका उनी धेरै सम्भावना भए पनि यो क्षेत्र केही ओझेलमा परेको बताउँछन् ।

कञ्चनजङ्घा क्षेत्रमा उत्तरी र दक्षिणी बेसक्याम्प रहेका छन् । केही पदयात्री उत्तरतर्फ र दक्षिणतर्फ मात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर फर्किन्छन् । आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्साहप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ । यही पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ ।

ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । उत्तरतर्फ लिम्बू समुदायको पवित्र धार्मिकस्थलका रुपमा मानेको फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ ।

काठमाडौँदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन् । कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन् । कञ्चजनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङ्लुङ, यलुङ्काङ, काङवाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमालहरु रहेका छन् ।

साँझमा ठाँउठाँउमा पोखरीमा हिमाल टल्किन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । बिहानदेखि साझसम्मका हिमालका बद्लिरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरि हिमाली संस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौँरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्वीर खिच्ने उत्तिकै देखिन्छन् ।

 रासस

ShareTweetPin
अघिल्लो समाचार

इलामको पर्यटकिय स्थल सन्दकपुरमा टेलिकमको बिटिएस जडान

अर्को समाचार

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

अर्को समाचार

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.