Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

ग्रीन इलाम ग्रीन इलाम
December 18, 2024
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
Share on FacebookShare on Twitter

इलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उनले किबीभन्दा अलैँचीबाट नै दसौँ गुणा फाइदा हुने बताए । उनले मकै छर्ने टार बारीमा हाल करिब २० बोट किबी रोपेका छन् । किबी र अलैँची तुलना गर्दै उनी भन्छन्, “त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनबढी फल्ने थियो, अहिलेको भाउमा पनि रु दुई लाखभन्दा बढी  हुन्थ्यो ।’ बीस बोट किबीबाट अहिले रु पाँच हजार पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र हैन सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् ।

अलैँची दिने आम्दानी अन्य खेतीबाट नहुने यहाँका किसानको अनुभव छ । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो रु एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ । तर अलैँची प्रतिकिलो रु दुई हजार आठ सयभन्दा बढीले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्ममा कारोबार भइरहेको छ ।  कुनै बेला प्रतिकिलो रु छ सयमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको किसानको भनाइ छ ।

किबीको बजारीकरणमा पनि समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य आलु बराबर मात्र पाइने गरेको उनले बताए । सुरुमा किबी गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको उनको अनुभव छ ।

किबीबाट सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए । किबीलाई फलफूलको राजा उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफुलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ ।

प्रशोधिकरण छैन
इलामलगायत देशका पूर्वी पहाडी जिल्लामा यसको राम्रो उत्पादन सुरु भइसकेको छ । तर उत्पादन भए प्रशोधिकरणका लागि कुनै उद्योग छैनन् । किबीको वाइन बनाउन गाउँगाउँमा थालिए पनि यसले निरन्तरता हुन सकेन । केही किसान आफैँले स्थानीयस्तरमा नै अचार बनाए उद्योग नै स्थापना गरेर प्रशोधिकरण हुन नसक्दा मूल्य ओरालो लाग्दै गएको छ ।

स्वादिलो फल किबीबाट किसानले धेरै परिकार बनाउन सक्ने भए हाल पाकेको खानेबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्ने गरेको किसान आफैँ बताउँछन् । भान्सामा स्वादका लागि अचार प्रयोग हुन्छ । किबीबाट अमिलो र गुलियो स्वाद पाइने हुँदा अचार राम्रो हुन्छ । तर व्यावसायिक रुपमा अचार बनाउन पहल भइरहेको छैन ।

धेरै पोष्टिक तत्वले भरिपूर्ण मानिएको किबी फल नेपालको इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खती हुँदै आएको छ । पश्चिमी जिल्लामा पछिल्लो समय इलामबाट नै विरुवा जान थालेको छ ।

किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नुपर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फुलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ ।

यसलाई हाँगा (डाँठ) र दिउलबाट थप विरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्रको सतहदेखि एक हजार दुई सय मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिन्छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप विरुवा उत्पादन गर्ने गरिएको छ ।

इलाममा करिब कूल सात सय ८० हेक्टरमा किबी खेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए । अघिल्लो वर्ष २८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए । किबीलाई प्रशोधन गरेर जुस, जाम बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानको भनाइ छ । यसमा तीनै तहका सरकारले चासो दिनुपर्ने किबी किसानको भनाइ छ ।

रासस

ShareTweetPin
अघिल्लो समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ युवतीसहित ३ जनाको मृत्यु

अर्को समाचार

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

अर्को समाचार
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.