इलामल १३ भदौः बालबालिकाको आपतकालिन उद्धार, राहत, संरक्षण तथा परामर्शका लागि इलामको एक गैरसरकारी संस्थाले बाल हेल्पलाईन संचालनमा ल्याएको छ । मानव अधिकार मञ्च नेपालले आपतकालिन रुपमा पैसा नलाग्ने १०९८ (दश नौ आठ) नम्बरको बाल हेल्पलाईन नेपाल संचालनमा ल्याएको हो । आईतबार सदरमुकाममा संस्थाद्धारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो ।
बलबालिका हराएमा, अपहरणमा परेमा, अलपत्र परेमा, बालबालिकाहरु हिंसा, शारीरिक दण्ड दुव्र्यवहार परेमा, बालबालिकाको श्रप वा यौन शोषण भएमावा हुन लागेमा, बालबालिका परित्याग गरिएमा वा परिवार विहिन भएमा, बाल विवाह भएमा वा हुन लागेमा, बालबालिकाको ओसारपसरा भएमा, उनीहरुलाई मनोसामाजिक परामर्श चाहिएमा वा कानुनी सहयोग आवश्यक परेमा, बेबारिसे बालबालिक बिरामी दुर्घटना प्रकोपमा परेमा बालबालिकाहरुसँग सम्बन्धित सबै विषयहरु बरे जानकारी लिनको लागि यो बाल हेल्पलाईनको प्रयोग गर्न सकिने जनाईएको छ ।
मुलुकको १८ वटा गैरसरकारी संस्थाहरुले देश भर संचालन गरिरहेको यो हेल्पलाईन इलामको मानव अधिकार मञ्चले ताप्लेजुङ, पाँचथर, झापा र तेर्हथुमको केही भागहरुमा सम्म संचालन गर्ने गरिएको छ । नेपाल सरकारबाट २०७७ मंसिर २४ गतेबाट हेल्पलाईन संचालन अनुमति पाएको थियो भने सोही वर्षको चैत ४ गतेबाट हेल्पलाईन संचालनमा आएको हो । करिब ७० लाख रुपैंयाँ बजेट रहेको कोभिड १९को समयमा विपद सहयोग परियोजना अन्र्तगत यो हेल्पलाईन कार्यक्रम संचालन भएको हो । १ वर्षे परियोजना अवधिमा जिल्लामा करिब २० प्रतिशत बालबालिकाको लागि सुनिश्चित हुने गरी बालमैत्री आईसोलेसन सेन्टर बनाउन पहल गर्ने, उद्धार गृह संचालन गर्ने जस्ता कार्यहरु यस परियोजनाको रहेको मानव अधिकार मञ्चले जनाएको छ ।