इलाम, ७ साउन: ग्रीन इलाम डटकम का संचालक सदस्य, समाजसेवी तथा युवा ब्यवसायी अर्जुन खनालले देउमाई नगरपालिका २ साबजुङमा रहेको शहरी स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । बिहिबार एक कार्यक्रमबिच उहाँले स्वास्थ्य क्लिनिककी बिनिता कार्कीलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
उहाँले मास्क, सेनिटाइजर डिटोल साबुन र सफा गर्ने फिनेल प्रदान गर्नु भएको हो । बढ्दो कोरोना भाइरस संक्रमण गाउँ गाउँमा फैलिन थालेपछि जनचेतना जगाउने र स्वास्थ्य क्लिनकमा आउनेहरुलाई बितरण गर्ने गरि सो सामाग्री हस्तान्रण गरेको समाजसेवी खनालले बताउनुभयो । कोरोना संक्रमणबाट जोगिन र सुरक्षित भएर काम गर्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न समेत सो सामाग्री हस्तान्तरण गरेको बताइएको छ ।
साथै उहाँले देउमाई नगरपालिका २ मा नै रहेको शिब पाञ्चायिन मन्दिरलाई समेत ५० थान बटुका हस्तान्तरण गर्नु भएको छ । मन्दिरमा आउने बटुकहरु तथा भक्तजनहरुलाई खाजा खादाँ आवश्यक पर्ने सामाग्री भएकाले बटुका बितरण गरेको उहाँले बताउनुभयो । सामाग्री बुझ्दै मन्दिरका अध्यक्ष लोकनाथ खनालले यस अघि समेत समाजसेवी खनालले सहयोग गरेको स्मरण गर्दै धन्यवाद ब्यक्त गर्नुभयो । मन्दिर दाताहरुकै सहयोगमा सम्पन्न भए पनि अझ मन्दिरमा बस्ने टहरो, ब्यवस्थित शौचालय नहुँदा समस्या पर्ने गरेको सचिव युवराज खनालले बताउनुभयो । कार्यक्रममा स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।