इलाम, १४ वैशाख: गैरसरकारी संस्था महासंघ जिल्ला कार्य समिति इलामको नवौं अधिवेशनले अध्यक्षमा कमल नेपाललाई पुन: चयन गरेको छ । मंगलबार सदरमुकाममा सम्पन्न अधिवेशनमा नेपालको नेतृत्वमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा भक्त थामी, सचिवमा भिम कार्की, सहसचिवमा मनकुमार बराईली, कोषाध्य़क्षमा यशोदा देवान निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा नेत्रकला खनाल, लक्ष्मणकुमार दुलाल, यसोदा सुब्बा र निरुता मगर निर्वाचित भएका हुन ।
कार्यक्रममा इलाम नगरपालिका-५ स्थित जनकल्याण सामुदायिक पुस्तकालय र इलाम नगरपालिका वडा नं ७ कि दलित महिला सदस्य वसन्ती घतानीलाई सम्मान गरिएको थियो ।