इलाम, ४ माघः इलाम जिल्ला सुर्योदय नगरपालिकास्थित एक विद्यालयका पुर्व प्रधानाध्यापकको परिवारले इलाम सदरमुकामस्थित समता विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । सुर्योदय नगरपालिका वडा नंं ९मा रहेको दियालो आधारभूत विद्यालयका पूर्व प्रअ तथा वर्तमान शिक्षक बुद्धवीर लामाको मलेसियामा रहेका छोरी अन्जु लामा योल्मो र ज्वाईं विपिन राईले कोभिड १९को संक्रमणबाट जोगिन पाँच हजार पाँच सय थान मास्क, १० लिटरवाला सेनिटाईजर र सानो सेनिटाईजर प्रदान गरेका हुन । अन्जु मलेसियामा सफल होटल व्यवसायीको रुपमा परिचित छिन भने ज्वाईं विपिन हिमाल टाईम्सका संचारकर्मी समेत रहेको समताका शिक्षक दिक्क्षेन योल्मोले जानकारी दिएका छन् ।