काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब हरेक दिन रिपोर्टिङ गर्नुपर्ने भएको छ । लकडाउनपछि राष्ट्र बैंकको निर्देशनअनुसार दैनिक रिपोर्टिङ गर्न छाडेका बैंकहरूलाई पुनः राष्ट्र बैंकमा दैनिक रिपोर्टिङ गर्न निर्देशन दिइएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि २०७६ चैत १२ मा एक सूचना जारी गर्दै बैंक तथावित्तीय संस्थाहरूले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङहरू परिस्थिति सामान्य भएर कार्यालय खुलेका एक साताभित्र गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

तर विश्वव्यापी फैलिएको कोरोना भाइरस (.कोभिड १९) को प्रभाव मूल्यांकन तथा अध्ययन गर्न वित्तीय तथ्यांक नियमित आवश्यक परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ववत एकीकृत निर्देशिका २०७६ अनुसार राष्ट्र बैंकमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।
कोरोना प्रभाव कम गर्न भन्दै सरकारले लकडाउन गर्ने निर्णय गरेसँगै बैंकिङ सेवा अत्यावश्यक भएकाले निश्चित सेवाबाहेक अन्य व्याक अफिसबाट हुने काम बन्द गरेका थिए । तर अब राष्ट्र बैंकलाई नियमित रिपोर्टिङ गनुपर्ने भएपछि केही विभागको काम सुचारु गर्नुपर्ने भएको छ ।