Wednesday, June 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

ग्राहकसँगै पर्यटक लोभ्याउँदै इलामको कालिज फार्म

ग्रीन इलाम ग्रीन इलाम
August 25, 2021
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ९ भदौः इलामको दक्षिणी गाउँपालिका रोङका किटेनीमा सञ्चालित प्रदेश नं १ कै पहिलो कालिज (जङ्गली कुखुरा) फार्मले आम्दानीसँगै पर्यटक आकर्षित गर्न थालेको छ । इलामको रोङ गाउँपालिका–४ किटेनीमा मेची राजमार्गसँगै जोडिएको सात रोपनी जग्गामा नेपाल प्रहरीका भूतपूर्व सहायक निरीक्षक नन्द गुरुङले दुई वर्षअघि पोखराका साथीसँग मिलेर रु. एक करोड लगानीमा इस्टर्न वाइल्ड फुड प्रालि नामक कम्पनीमार्फत कालिज फार्म सुरुआत गरेका हुन् । मासुका पारखीले जङ्गली कुखुराको प्रजाति भएको हुँदा कालिज अति रुचाउँछन् । साना रेस्टुरेन्टदेखि ठूला तारे होटलसम्म र व्यक्तिका घरदेखि भोजभतेरको भान्सासम्म कालिज पाक्ने गरेको छ । स्वाद र पौष्टिकताले भरिपूर्ण हुने भएकोले बिरामी र सुत्केरीलाई तागत बढाउनसमेत कालिजको मासुको झोल खुवाउने चलन छ । अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन । उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेराबेरा मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाउनुपर्ने हुन्छ ।
गुरुङले फार्म सञ्चालनका लागि आफ्नो पुख्र्यौली १३ रोपनी जग्गामध्ये सात रोपनी कम्पनीलाई दिएका छन् । उनका अनुसार यस प्रालिमा नेपालमा पहिलो पटकट कालिज फार्म खोल्ने पोखराका युवा व्यवसायी पदम अधिकारीको लगानी छ । फार्ममा अहिले हुर्किएका तीन हजार ५०० वटा बिक्रीयोग्य कालिज ग्राहकको प्रतीक्षामा छन् । “हामीकहाँ प्रशस्त कालिज हुर्किरहेका छन्, बेचिरहेका छौं,” उनले भने,“मासुका लागि मात्र नभएर पाल्न चाहनेका लागि चल्ला पनि हामीसँग प्रशस्त छ ।” बजारलाई लक्षित गरी कालिज फार्म सञ्चालन गरिएकोमा कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीले होटल तथा रेस्टुराँ खोल्न नसक्ने अवस्था र पर्यटक चहलपहल ठप्प हुँदा व्यवसाय विस्तारमा असर परेको उनले बताए । इलामको श्रीअन्तु, कन्याम जस्ता पर्यटकीयस्थल नजिक भएका कारण फार्मबाटै कालिज बिक्री भइरहेको जनाउँदै उनले झापाको बजार र होटलहरुमासमेत लैजाने गरेको बताए । लोकल र ब्रोइलर कुखुराको तुलनामा कालिज निकै महँगो पर्दछ । एउटा वयस्क कालिज एक किलो ५०० ग्राम तौलको हुनेगर्छ ।
फार्ममै किन्न आउनेहरुले प्रति किलो रु. तीन हजार ५०० सम्म दाम हालेर कालिज किन्ने गरेको उनको भनाइ छ । कालिजको पोथीभन्दा भाले सुन्दर देखिन्छ । लामो पुच्छर र रङ्गीन प्वाख भएकाले पर्यटक फार्ममा पुगेर घण्टौंँसम्म कालिज हेरेर रमाउने गरेका छन् । कर्मचारीले जुत्ता चप्पल र गोडाभन्दा मुनिको भागमा निशङ्क्रमण गरेर मात्र पर्यटकलाई फार्ममा प्रवेश दिने गरेका छन् । “गुरुङजीले ठूलो लगानीमा नयाँ खाले व्यवसाय सुरु गर्नुभएको रहेछ, कालिजलाई नजिकै गएर हेर्दा आनन्द लाग्यो,” फार्म हेर्न गएका मेचीनगर–९ का ईश्वर भण्डारीले भने,“प्रदेशकै पहिलो कालिज फार्म भएको र यसबाट पर्यटकीय प्रवद्र्धनमा समेत सघाउ पुग्ने भएको हुँदा सरकारी निकायको प्रोत्साहनयुक्त दृष्टि यहाँ पुग्नुपर्छ ।”
नेपालमा पहिलो पटक नयाँ व्यवसाय गर्दा गाह्रो हुने र सरकारी निकाय तथा वित्तीय संस्थाबाट पनि लगानीमा आनाकानी हुने गरेको धारणा व्यक्त गर्दै कालिज पालनले कृषि र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउने बताए । सडकबाट नजिक भएकोले फार्ममा गएर कालिज हेर्न दिनहुँ आन्तरिक पर्यटक जाने गरेका छन् । प्रहरीको जागिरबाट पेन्सन पकाइसकेपछि खाली बस्नुभन्दा कृषि र पर्यटन क्षेत्रको व्यावसायिक विकासमा लाग्ने अन्तरमनको चाहनाले भूपू प्रहरी निरीक्षक गुरुङ कालिज फार्ममा लागेका हुन् । पहिलोपल्ट आफुले कालिज पालेको देखेर अरुले पनि पाल्ने चाहना गरुन् भनेर ह्याचरीमासमेत लगानी गरेको उनले बताए ।
हाल फार्मभित्रै एउटा सुविधासम्पन्न भवनमा कालिजको चल्ला कोरल्ने ह्याचरी उपकरण राखिएका छन् । विद्युत् प्रवाह अवरुद्ध नहोस् भनेर ठूलो जेनेरेटर मेसिन राखिएको छ । त्यहाँ साना चल्ला हुर्किरहेका छन् । आफूले पोखराबाट पहिलो पटकप्रति गोटा रु तीन हजार मूल्यमा कालिजको चल्ला किनेको गुरुङले सुनाए । अहिले उहाँले स्थानीय खरिदकर्तालाई रु ७५० देखि रु एक हजारसम्ममा चल्ला बिक्री गर्दै आएका छन् । कोरोना महामारी मत्थर भएपछि पर्यटकीयस्थलमा चलहपहल बढ्ने र त्यसबेला कालिजको बजार ह्यात्तै बढ्ने सञ्चालकको अपेक्षा छ । “साथीभाइ र जानकारले हौसला बढाइरहनुभएको छ,” सञ्चालक गुरुङले भावी योजना सुनाउँदै भने,“यहीँ ठाउँमा एउटा राम्रो रिसोर्ट चलाउने सोचाइमा छु ।” कालिजसँगै बोयर खसी र कडकनाथ कुखुरा पाल्ने योजना रहेको पनि उनले बताए । झापाको चारआलीस्थित महेन्द्र राजमार्गबाट १८ किलोमिटर उत्तर मेची राजमार्गमै रहेको सो स्थानमा गर्मीमा चिसो र जाडोमा न्यानो मौसम हुने भएकोले रिसोर्ट चल्ने उनको धारणा छ ।
रासस

Tags: ग्राहकसँगै पर्यटक लोभ्याउँदै इलामको कालिज फार्म
ShareTweetPin
अघिल्लो समाचार

प्रदेश १ मा यो वर्ष ९८ प्रतिशत धान रोपाइँ

अर्को समाचार

बुधबार (आज) रातिदेखि मनसुन थप सक्रिय हुने

अर्को समाचार

बुधबार (आज) रातिदेखि मनसुन थप सक्रिय हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.