इलाम, ६ वैशाख : डाक्टर मेघ बहादुर पराजुली सामुदायिक अस्पतालमा क्वारेण्टाईनमा रहेका दुई जना मध्ये एक जनालाई रुघा खोकीको लक्षण देखिएको छ । रुघाखोकीको लक्षण देखिने बित्तिकै स्वाब टेष्टको लागि दुवै जनालाई शनिबार विहान थप स्वाब परिक्षणको लागि विराटनगर पठाइएको क्वारेण्टाइनका इञ्चार्ज दिपक पौड्यालले जानकारी दिए । ५ दिन अघि निजहरुको आरटीडी टेष्ट नेजेटिभ आएको थियो । हाल सो क्वारेण्टाइनमा कोहि पनि राखिएका छैनन् । रुघाखोकीका लक्षण देखिएका तिनै व्यक्ति हुन् जो इलाम अस्पतालको रेफर अनुसार मिति २०७६ चैत्र २३ गतेदेखि क्वारेण्टाइनमा राखिएका थिए भने चैत्र २४ गते राती झ्यालबाट भागेका थिए । उनलाई केहि क्षणपछि प्रहरीले फेला पार्न सफल भएको थियो ।