इलाम, १० साउनः चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको हो । यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । नेपालबाट निर्यात भएकोमध्ये ३ अर्ब १५ करोड रुपैयाँको कालो चिया निर्यात भएको छ । यस्तै, २७ करोड ६० लाख रुपैयाँ बराबरको ‘ग्रिन टि’ निर्यात भएको छ । नेपालबाट कालो चियाको निर्यात धेरै भएको देखिन्छ ।