इलाम, ६ असारः इलाम नगरपालिका वडा नं. ७ चोक बजार निवासी हाल अमेरिकामा बसोबास गर्दै आउनु भएकी उर्मीला श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा इलाम बजार क्षेत्रका अत्यन्तै विपन्न परिवारलाई राहत वितरण गरेकी छिन् । शनिबार इलाम चोक बजारमा हरिगोविन्द विद्याविष्णु ट्रष्टको आयोजनामा एक कार्यक्रम गरी २० परिवारलाई प्रति परिवार चामल २० केजी, खानेतेल १ लिटर, आयो नुन १ केजी, दाल १ केजी, चिनी १ केजी र नुहाउने साबुन १ थानको दरले वितरण गरिएको हो । राहत वितरण कार्यक्रम आज जन्म दिन परेकी उर्मीलाकी ममतामयी माता तथा इलामकी समाजसेवी केदारकुमारी श्रेष्ठले गर्नु भएको थियो ।