इलाम, ७ चैत्र ः जिल्ला प्रहरी कार्यालय इलामले बिहीबार इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीमा अफिम खेति लगाएको छ भन्ने बिशेष सुचना प्राप्त हुन साथ तत्काल सो स्थानमा इलाका प्रहरी कार्यालय मंगलबारे इलामबाट प्रहरी निरीक्षक मोहनलाल आँगा श्रेष्ठको कमाण्डमा र प्रहरी चौकी आमचोकबाट गएको प्रहरी टोली फडानी गरेको छ । फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीको विभिन्न स्थानमा करीब ४ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेति नष्ट गरेको इलाम प्रहरीले जनाएको छ ।
त्यस्तै, “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिशेष अपरेशन सँगै इलाम जिल्लाको ग्रामिण भेगहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरी रहेको छ । युवामाझ लागु औषध दुर्ब्यसनको समस्या बढ्दै गए पछि इलाम प्रहरीले यो अभियान शुरु गरेको हो ।