इलाम, इलाम नगरपालिका वाड नं. ८ को आर्थिक बर्ष ०८१।०८२ का लागि सामाजिक विकास कार्यक्रम अन्तरगत जेष्ठ नागरिक कार्यक्रम शिर्षकमा विनियोजित बजेटबाट ८ नं. वडा भित्र रहेका ७० बर्ष माथिका ७५ बर्ष मुनिका जेष्ठ नागरिकहरुलाई मिति २०८१।०९।०४ गते महभीर बौद्ध पार्क टोल लगायत त्यहाँ आसपास र मिति २०८१।०९।०५ गते मसार क्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप जेष्ठ नागरिकहरुको घर दैलोमा ८ नं. वडाका वडा अध्यक्ष श्री दलमान तामाङ ज्यू लगायत वडाका वडा सदस्य श्री रुप बहादुर खड्का, वडा सदस्य रमेश कुमार बुढाथोकी, वडा सदस्य सरुना विश्वकर्मा वडा सचिव गौरा भट्टराई टोल विकास संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरु समेत गई वडा कार्यालयबाट खरिद गरिएको सामग्रीहरु वितरण गरिएको छ । साथै उक्त घर दैलो कार्यक्रममा स्वास्थ्य टोली समेत घर घरमा गई स्वास्थ्य परिक्षण स्वास्थ्य शिक्षा एंव ७६ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई पोषण खाध्य समेत वितरण गरिएको छ ।
फोटोहरु