इलाम, २ जेठः नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि पाँचजना नयाँ खेलाडी छनोट भएका छन् । विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले बोलाएको बन्द प्रशिक्षणमा सुरजजिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनीष डाँगी पहिलोपटक टिममा परेका हुन् ।
उनीहरुले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउँदा टिमका नियमित सदस्य गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ टिमबाट बाहिरिएका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि छनोट गरेको ३२ खेलाडीको सूचीमा विकेश र तेज परेनन् । त्यस्तै, नेपाली टोलीबाट संजोक राई, छिरिङ गुरुङ, अजित भण्डारी, र त्रिदेभ गुरुङ पनि बाहिरिएका छन् । नेपाली टोलीको बन्द प्रशिक्षका लागि नवयुग श्रेष्ठ, अनन्त तामाङ, सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा टिममा फर्किएका छन् ।
यस्तो छ, बन्द प्रशिक्षणमा डाकिएको नेपाली टिम
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की
डिफेन्डर : निशान खड्का, अमित तामाङ, सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, विकास खवास, दिनेश राजवंशी, रजिन धिमाल र गौतम श्रेष्ठ ।
मिडफिल्डर : सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सुमन लामा, सुनील बल, रवी पासवान, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान र विवेक बस्नेत ।
फरवार्ड : नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट र दर्शन गुरुङ ।