Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

भण्डारमै थन्किए अलैँची र अदुवा

मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन सकेन

ग्रीन इलाम ग्रीन इलाम
May 12, 2021
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २९ बैशाख । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो ।

चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि नाका बन्द छन् ।

अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउँछन् । “बजार त डामाडोल भएको छ । कसरी विस्तार गर्ने पत्तो छैन”, उनले भने । घिमिरेका अनुसार अबको तीन महिनामा नयाँ अलैँची उत्पादन हुन्छ । नयाँ अलैँची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन । त्यसै पनि पछिल्लो समय अलैँचीको बजार खस्किएको छ ।

“अहिले किसानले ल्याएको अलैँची लिन सक्ने तागत हामीमा छैन । प्रति मन (४० किलो) को २४ हजारका दरले दामकाम गरिदिने गरेको छ”, घिमिरे भन्छन्, “झापा भएर जाने हो अलैँची । झापामै पनि कोरोनाको जोखिम धेरै छ । यो जोखिम मोल्न सक्ने सामथ्र्य छैन ।” अहिले भारत अलैँचीको मुख्य बजार हो । यसैले पनि भारतले राखेको बजार मूल्यमा किसान÷व्यवसायीले फसल बेच्नुपर्छ ।

भारतमा समस्या आएपछि नेपाली वस्तुले बजार पाउँदैन र कम मूल्यमा बुझाउनु पर्छ । भारतले कृत्रिम झमेला निकाल्ने गर्छ । “यतिबेला कोरोनाका कारण मान्छे मरिरहेका छन् । हामीले हाम्रो उत्पादित सामग्री बेच्न पाऊँ भन्न पनि सक्दैनौँ”, इलाम बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले भने, “पूरै वस्तु भण्डारण गरेर बस्नु परेको छ ।”

अदुवातर्फ पनि उस्तै अवस्था

अलैँचीको मात्र होइन अदुवाको समेत हविगत फरक छैन । अलैँचीजस्तै अदुवा निकासी हुने मुख्य सिजन यही हो तर निकासी शून्य छ । “बच्चा अदुवा अहिले भारतमै उत्पादन हुने भएकाले नेपाली अदुवाको भाउ छैन”, भन्छन् व्यवसायी मातृका घिमिरे , “भारतमा अदुवाको माउ नझिक्ने भएकाले त्यो बेला चाहिँ राम्रै भाउ आउँथ्यो तर यो बेला डामाडोल भयो ।” किसानले अदुवा रोपिएको केही समयमा पुरानो (जिली) अदुवा निकालेर बेच्ने गर्छन् । यसो गर्दा बच्चा वा नयाँ अदुवा बढ्ने गर्दछ तर भारतमा भने यसो गरिँदैन । पुरानो अदुवाको सिजनमा भाउ पाइने गर्छ ।

अदुवाको नयाँ उत्पादन अबको दुई महिनामा हुन थाल्छ । त्यसैले पनि अहिले नै व्यवसायीले आफूसँग भएको अदुवा बेचिसक्नु पर्छ । यस पटक कोभिडका कारण व्यवसायी निराश बनेका छन् । अहिले नयाँ अदुवाको भाउ ८ सय प्रतिमन छ, भने बिउ अदुवा प्रतिमन दुई हजार छ । यो मूल्य सामान्य अवस्थाको भन्दा कम हो । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली अदुवा र अलैँचीको परिमाण वर्षेनि घट्दो छ ।

रासस

Tags: अलैँची र अदुवा
ShareTweetPin
अघिल्लो समाचार

चिया : उत्पादनमा मौसम, निकासीमा कोरोना झमेला

अर्को समाचार

पाँच खेलाडी पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा

अर्को समाचार

पाँच खेलाडी पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.