इलाम,१२ फागुनः इलाम बजारको आकाशमा १ घण्टासम्म निरन्तर आज उडेको प्याराग्लाइड अबैध रहेको पाईएको छ । इलाम र पाँचथरको जिल्ला सुरक्षा समितिललाई समेत औपचारिक जानकारी नभई आज इलाम पाँचथरमा २ वटा प्याराग्लाइडिङ गरिएको थियो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुरक्षा समितिलाई यो उडानको कसैलाई जानकारी नभएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका इलामका उच्च अधिकारीलाई आज यो उडानले दिनभर तनाव दिएको छ ।

स्थानीय सुरक्षा समितिले सूचना र जानकारी नपाएको खण्डमा प्याराग्लाइडिङ वा ड्रोन उडानलाई अन्तराष्ट्रीय सिमाना आसपास गोली हानी खसाल्ने अन्तराष्ट्रीय अभ्यास छ । इलामको सुरक्षा समितिले पनि Security Threat महसूस गरेको भए आजको इलामको प्याराग्लाइडिङ उडानलाई खसाल्न सक्थे ।



