Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मनोरन्जन

मोबाईल फोनमा टिकटक चल्न छाड्यो ? यी एप हुन सक्छन् तपाईँका लागि विकल्प !!

ग्रीन इलाम ग्रीन इलाम
November 16, 2023
भित्र मनोरन्जन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलामः नेपालमा हालै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । यो निर्णय तत्कालै कार्यान्वयनमा पनि गइसकेको छ । तर छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटक मात्र होइन, बजारमा टिकटकको जस्तै प्रकृति भएका थुप्रै एप उपलब्ध छन् । तीमध्ये कतिपय भिडिओ एडिट गर्नेदेखि कतिपय फिचरमा टिकटकसँग मिल्दाजुल्दा छन् ।

हुन त मेटाको रिल र युट्युबको शर्ट्स पनि विकल्प हुन सक्छन् । तर ती पहिले अस्तित्वमा रहेका एपभित्र आएका फिचर नै भए । तर आज हामी छुट्टै प्लेटफर्म, जो टिकटकजस्तै छन्, तीबारे चर्चा गर्ने छौं । अहिले यस्ता एपहरू बग्रेल्ती पाइन्छन् । तीमध्ये टिकटकका विकल्पका रूपमा रहेका सात प्लेटफर्म यसप्रकार रहेका छन् ।

फनिमेट (Funimate)

छोटो भिडिओ बनाउने, तिनको सम्पादन गर्ने एपका रुपमा फनिमेट एक उपयुक्त विकल्प हाे । यसको भिडि‌ओ एडिटरमा थुप्रै फिल्टर र ट्रान्जिसन, ओभरले र की फ्रेम जस्ता इफेक्ट छन् । यसमा बिल्ट इन भिडि‌ओ टेम्प्लेट र थुप्रै म्युजिक लाइब्रेरी रहेको छ । फनिमेट सशुल्क र नि:शुल्क दुवै तरिकाले चलाउन सकिन्छ । नि:शुल्क भर्सन प्रयोग गर्दा भिडिओहरूमा वाटरमार्क देखिन्छ ।

लाइकी (Likee) 

करिब टिकटकसँग मिल्दोजुल्दो लाइकी शर्ट भिडिओ बनाउने र शेयर गर्ने प्लेटफर्म हो । भिडिओ शुटिङ गर्न तथा एडिट गर्न यसको आफ्नै टुल रहेको छ । जसमा भिजुअल इफेक्ट्स, म्युजिक, एनिमेशन तथा फिल्टरहरू रहेका छन् । भिडिओ रेकर्ड गर्नुअघि काउन्टडाउन टाइमर, सफ्ट फोकस तथा ब्युटी इन्ह्यान्स फिल्टर यसका केही उपयोगी फिचर हुन् । तर प्रयोगकर्ताले लाइभस्ट्रिम फिचर प्रयोग गरेर लामो आकारका भिडिओसमेत बनाउन सक्छन् ।

लेमन एट (Lemon8) 

यो एप हालै मात्र टिकटकको मातृ कम्पनी बाइटडान्सले सार्वजनिक गरेको हो । हुन त यसलाई इन्स्टाग्राम र पिन्ट्रेस्टको विकल्प भनेर चर्चा गरिन्छ । तर पनि यसबाट छोटा भिडिओहरू बनाउन र शेयर गर्न सकिने भएकाले टिकटकको विकल्पका रुपमा बताउन थालिएको छ । विशेषगरी यस एपमा यात्रा, सुन्दरता तथा स्वस्थ्य सम्बन्धी भिडिओ सामग्रीका लागि धेरै फिचर छन् ।  जसमा टेम्प्लेट, फिल्टर, फन्ट्स, स्टिकर आदि रहेका छन् ।

जुमराङ (Zoomerang) 

यो एउटा भिडिओ एडिटिङ तथा शेयरिङ एप हो । यसमा तपाईंले आफ्नो भिडिओ टेम्प्लेट बनाउनुका साथै त्यसलाई माेनिटाइज समेत गर्न सक्नुहुन्छ । यसमा भिडिओको ब्याकग्राउन्ड हटाउने र एआई इफेक्ट राख्ने फिचरहरू छन् । त्यस्तै एपमा भएको ‘च्यालेन्जेज् ट्याब’मा तपाईंले विभिन्न च्यालेन्जहरू देख्न सक्नुहुन्छ । सामान्यत: एपले केही समयका लागि मात्र त्यस्ता च्यालेन्जहरू चलाउने भएकाले तपाईं अलि चनाखो भने हुनपर्छ ।

हडल्स (Huddles)

टिकटकको जस्तै इन्टरफेस भएको हडल्समा थुप्रै छोटा भिडिओहरू खिचेर एउटा बनाउन सकिन्छ । यसमा क्लिप एक पटक रेकर्ड भएपछि त्यसलाई पुन: सम्पादन वा फिल्टर गर्न सकिन्छ । तर प्रयोगकर्ताले भिडिओमा टेक्स्ट तथा म्युजिक थप्न सक्छन् । यसलाई सुरुमा बाइट र पछि क्लाश नामाङ्कन गरिएको थियो । अहिले भने हडल्सले चिनिन्छ । यसमा २१ सेकेन्डसम्मको छोटो भिडिओ शेयर गर्न सकिन्छ ।

ट्रिलर (Triller) 

यसले धेरैजसो सेलिब्रेटीहरूको कन्टेन्ट फिचर गर्ने गर्छ । तर त्यसो भन्दैमा यसबाट तपाईंले आफ्नो भिडिओ बनाउन नसक्ने भन्ने छैन । तपाईंले पनि यसबाट सजिलै आफ्नो भिडिओ बनाउन सक्नुहुन्छ । त्यसका लागि यसमा भिडि‌ओ एडिटिङ टुल दिइएको छ । त्यसबाट तपाईंले भिडिओ काँटछाँट गर्ने, फिल्टर हाल्ने, म्युजिक राख्ने जस्ता काम गर्न सक्नुहुन्छ । त्यस्तै भिडि‌ओ बनाउन साथीहरूसँग सहकार्य गर्न सक्नुहुन्छ । यो एप  २०१५ मा टिकटक आउनुअघि नै उपलब्ध थियो ।

स्नापच्याट (Snapchat)

हुन त स्नापच्याटलाई टिकटकको राम्रो विकल्प नमान्ने जमात ठूलो छ । तर पनि यसमा छोटो खालका भिडि‌‌ओ कन्टेन्ट थुप्रै भेट्न सकिन्छ । हुन त टिकटक प्रयोगकर्ताका लागि स्नापच्याटको इन्टरफेस केही अलमलाउने लाग्न सक्छ । यसमा फोटो तथा भिडि‌ओहरू क्षणिक समयका लागि मात्र रहन्छ । तर यसमा पाइने फिल्टरहरूका कारण भिडिओ आकर्षक र मन लोभ्याउने खालका देखिन्छन्  ।

Source: टेकपाना

ShareTweetPin
अघिल्लो समाचार

भारत १२ वर्षपछि क्रिकेट विश्वकपको फाइनलमा

अर्को समाचार

इलामको आशाको घरद्धारा टिष्टा पिडित क्षेत्रमा श्रमदान !!!

अर्को समाचार

इलामको आशाको घरद्धारा टिष्टा पिडित क्षेत्रमा श्रमदान !!!

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.