इलाम, १७ साउनः नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुह इलामको पहिलो अधिवेशनले गीता आचार्यको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । आज साउन १७ गते इलाम सदरमुकाममा सम्पन्न अधिवेशनले सो समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अनिता दाहाल बस्नेत, सचिवमा पुष्पा लिम्बु, कोषाध्यक्षमा लिलादेवी चौहान कडरिया, सहसचिवमा दिपा चापागाई तिम्सिना र सदस्यहरुमा शारदा चौहान, निर्जला खड्गी, कविता कर्माचार्य, बिमला फुएल ढकाल, सुरेखा खड्गी, मेनुका पराजुली, मिना निरौला, अनु थापा, सोनु मुखिया र नविता शिवाकोटी चयन हुनु भएको छ ।
उपभोक्ता अधिकारको विश्वव्यापी घोषणापत्र अनुसार राज्यले अवलम्बन गरेका नीतिहरु अन्तराष्ट्रिय समुदायले ठहर्याएको उपभोक्ता अधिकारलाई मुर्त रुप दिन जनचेतना अभिबृद्धि गराउने, उत्पादित सामानहरुको गुणस्तरको बारेमा प्रष्ट जानकारी दिने तथा गुणस्तरहिन वस्तु उत्पादन गर्नेलाई कसरी कारवाही गर्न सकिन्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ स्थापित यस समूहको जिल्ला शाखा स्थापना भएको कार्यक्रममा जानकारी गराईएको थियो । सम्पन्न कार्यक्रम समुहको तदर्थ समितिका अध्यक्ष गीता आचार्यको अध्यक्षता, इलाम नगरपालिकाकी उपमेयर विष्णु दहाल लिम्बुको प्रमुख आतिथ्यता तथा समुहकी केन्द्रिय अध्यक्ष अप्सरा कोईरालाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।