Monday, November 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

प्रदेश एकमा फौजी किराको प्रकोप : कस्तो छ तयारी ?

रेखा जोशी

ग्रीन इलाम ग्रीन इलाम
May 9, 2021
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २६ वैशाख । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेको छ । नेपालका विभिन्न जिल्लामा फौजी किराको प्रकोप देखिन थालेको हो । फौजी किराले मकै बाली सखाप पार्दा किसान चिन्तित बनेका छन् । नेपालमा मकै खेती उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ । मकै नेपालको धानपछिको दोस्रो खाद्यान्न बाली हो। यो समय भनेको मकै खेती गर्ने बेला हो। मकैको धान चमार निस्कने (फुल फुल्ने) समयमा ३५ डिग्री सेन्टिग्रेडभन्दा बढी र १० डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने परागसेचन दर घट्न गई मकैको घोगामा दाना नलाग्न पनि सक्छ।

साधारणता मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरूले आक्रमण गर्दछन् । ती मध्ये विश्वभरि करिब ४ वर्ष अघिदेखि मकै खेतीमा प्रभाव पारेको र नेपालमा अघिल्लो वर्ष यता मकै खेती गर्ने किसानलाई क्षति पुर्‍याउँदै आएको शत्रु अमेरिकन फौजी किरा हो । यसलाई अङ्ग्रेजीमा ‘अमेरिकन फल आर्मी वर्म ‘ भनिन्छ । यो किरा अमेरिकाको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा हो।

सन् २०१६ मा पहिलो पटक अमेरिकाको मकै खेतीमा देखिएको यो किरा सन् २०१८ मा भारत, चिन र बंगलदेशमा देखा परि नेपालमा प्रवेश गरेको हो । यो किरा सन् २०१९ को अगस्त १२ गते नेपालको नवलपुरको गैँडाकोटमा पहिलो पटक देखिएको थियो । यस किराले मकैमा मात्र नभई अरू अन्न बाली जस्तै धान, गँहु, कोदो र जुनेलोमा पनि हानि गर्दछ।

प्रदेश एकमा फौजी किराको प्रकोप कस्तो छ ? ज्ञान केन्द्रहरूले किरा नियन्त्रणका लागि के कस्तो तयारी गरिरहेको छ ?

१) धनकुटा

धनकुटामा भने मकैमा फौजी किराको प्रकोप नदेखिएको ज्ञान केन्द्रले जनाएको छ । पानी नपरेर धनकुटामा मकै ढिलो छरिएका कारण अहिलेसम्म फौजी किराको प्रकोप नदेखिएको ज्ञान केन्द्रका प्रमुख पूर्ण माया गुरुङले बताइन् । ‘यस वर्ष खडेरीका कारण मकै ढिलो छरियो । त्यस कारण महामारीको रूपमा फौजी किरा छैन’ उनले भने,‘ थोरै थोरै देखिएको थियो, त्यही पनि केही दिन अघि परेको असिना पानीले मकै बाली नै सखाप पारिहाल्यो ।’

अहिले स्थानीय निकायमा नै कृषि शाखा रहेकोले फौजी किराको गुनासो लिएर नआएको पनि हुन सक्ने उनले बताइन् । ‘सबै काम स्थानीय सरकारले गर्छ । स्थानीय सरकारले गर्न नसकेको पछि मात्र हामी कहाँ आउँछ’, उनले भनिन् । त्यहाँ नभए पछि मात्र हामीले गछौं’ उनले थपिन्।

२ ) खोटाङ

खोटाङमा पनि मकैमा फौजी किराको प्रकोप देखिन थालेको छ । फौजी किराको गुनासो लिएर किसानहरू आउन थालेको ज्ञान केन्द्रका प्रमुख ।हरि नारायण राईले बताए । ‘किसानहरूले गुनासो लिएर आइरहेका छन् । सके सम्म ज्ञान केन्द्रमा गुनासो लिएर आउनु भन्दा पनि सम्बन्धित पालिकामा गए एकदम राम्रो हुन्छ’ उनले भने,‘ स्थानीय निकायबाट  सम्बोधन नभए मात्र शाखा मार्फत हामीलाई भने हामी तुरुन्त काम गछौं ।’

फौजी किरा नियन्त्रण गर्न स्थानीय निकाय र ज्ञान केन्द्र लागि रहेको उनले बताए । उनका अनुसार ज्ञान केन्द्रले किसानहरूलाई विषादी उपलब्ध गराई रहेको छ।  ‘केही पालिकालाई हामीले औषधी दिइसकेका छौँ । उहाँहरू आफैलाई पनि केही काम गर्न भनिसकेका छौँ’, उनले भने,‘ रेडियोहरूबाट पनि जनचेतना जगाइरहेका छौँ । आवश्यक परे हामी अनुगमन पनि गछौं ।’

३) सुनसरी

सुनसरीमा पनि फौजी किराको प्रकोप देखिन थालेको ज्ञान केन्द्रले जनाएको छ । फौजी किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग व्यापक छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताए । ‘फौजी किरा नियन्त्रणका लागि बाली उपचार शिविर सञ्चालन गर्दैछौं । त्यही अनुसार किसानहरूलाई हामी सल्लाह सुझाव दिन्छौ’ उनले भने,‘ फौजी किरा नियन्त्रण गर्न प्राविधिकलाई भनिसकेका छौँ । हामीले गर्ने भनेको किसानहरूलाई सल्लाह सुझाव दिने हो।’

सबै किसानलाई विषादी वितरण गरेर नसकिने उनले बताए । ‘स्याम्पलको रूपमा शिविर सञ्चालन गरेको समयमा केही किसानहरूलाई विषादी दिन्छौँ’ उनले भने,‘ बाँकी काम किसानको हो । बजेट पनि हामीसँग सीमित छ ।’ गएको वर्ष पनि फौजी किराको प्रकोप धेरै देखिएको उनले बताए ।

‘यस वर्ष किराको होहल्ला कम भइरहेको छ । अफिसमा किसानहरू त्यति धेरै गुनासो लिएर आएका छैनन्’ उनले भने,‘ सायद प्राविधिकहरू फिल्डमा भएर पनि होला । पहिला प्राविधिकहरू धेरै थिएनन् तर अहिले प्रत्येक गाउँपालिकामा कृषि प्राविधिक छन् ।’

४) ताप्लेजुङ

ताप्लेजुङमा फौजी किराको प्रकोप देखिएको छैन । मकै भर्खर उम्रने तरखरमा रहेका कारण अहिले नै फौजी किराको प्रकोप नदेखिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए । पाँचथरमा चैँ एक दुई ठाउँ फौजी किराको प्रकोप देखिन थालेको भनेर गुनासो आउन थालेको पनि उनले बताए ।

‘गएको वर्ष सबै स्थानीय तहमा फौजी किराको प्रकोप धेरै देखिएको थियो । यस वर्ष अहिलेसम्म खासै प्रकोप देखिएको छैन ।’ प्रमुख विष्टले भने,‘पोहोर खासै हामीसँग पूर्व तयारी पनि थिएन । यस पटक सबै स्थानीय तहमा नै कार्यक्रमहरू राखिएको छ ।’ अहिले देखियो भनेको ठाउँमा पनि सबै किसानहरूलाई बोलाएर  तालिम  गोष्ठी गर्ने कुरा भएन । तर किसानहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर औषधी वितरण गरिएको उनले बताए ।

‘मकै सानो भएका कारण अहिले नदेखिएको हुन सक्छ । अबको १५/२० दिन पछि देखिँदैन भन्न सकिँदैन’ उनले भने, ‘यस वर्ष हामी लगाएर सबै स्थानीय तहहरूले कार्यक्रम राखेका छन् । गएको वर्षहरूमा जस्तो क्षति गर्दैन । हामी नियन्त्रण गर्न सक्छौँ भन्ने लागेको छ ।’

५ ) इलाम

माई नगरपालिका, चुलाचुली गाउँपालिका, इलाम नगरपालिका लगायत मकै खेती हुने सबै क्षेत्रमा फौजी किराको प्रकोप देखिएको जानकारी कृषि ज्ञान केन्द्र, इलामका प्रमुख टोनी बर्देवाले बताए । ‘मकै हुने सबै क्षेत्रमा देखा पर्न थालेको छ’ उनले भने,‘त्यसको लागि हामीले आकस्मिक प्रकोप सहयोग भन्ने कार्यक्रम मार्फत विषादी खरिद गरेर सम्बन्धित स्थानीय तहमा पठाई सकेका छौँ ।’

गएको वर्षमा भन्दा यो वर्ष केही मात्रामा कम प्रकोप देखिएको पनि उनले बताए । मकै सानै भएका कारण प्रकोप देखिन भर्खर सुरु भएको पनि उनले बताए । ‘मकै सानै छ । त्यस कारण गएको वर्षको तुलनामा कम देखिएको हो’ उनले भने,‘अब केही दिन पछि प्रकोप देखिन सक्छ ।’

६) सोलुखुम्बु

सोलुखुम्बुमा मकै सानै भएका कारण फौजी किराको प्रकोप देखिएको छैन। आलुसँगै मकै लगाइएको र मकै सानै भएका कारण फौजी किराको प्रकोप नदेखिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका दुर्गा बहादुर तिरुवाले बताए । अबको १५ २० दिन पछि चैँ देखिन सक्ने उनले बताए । गएको वर्ष मकैमा फौजी किराको प्रकोप धेरै देखिएको पनि उनले बताए ।

‘गएको वर्ष किराको प्रकोप धेरै देखिएको थियो । त्यस कारण पनि यस वर्ष हामीले बजेट छुटाएका छौँ’ उनले भने, ‘फौजी किरा देखिन्छ भनेरै हामीले बजेट खर्च गरेका छैनौँ । देखिए पछि हामी विषादी किनेर बाड्छौं ।’ गएको वर्ष फौजी किराको प्रकोप धेरै देखिएको थियो । त्यस कारण यस वर्ष एक लाखको बजेट छुट्याइएको छ ।

७) सङ्खुवासभा

सङ्खुवासभामा पनि मकैमा फौजी किराको प्रकोप देखिन थालेको छ । मकै सानै भएका कारण एक दुई ठाउँबाट गुनासो आउन थालेको ज्ञान केन्द्रका प्रमुख गोविन्द प्रसाद आचार्यले बताए । ‘कुनै कुनै गाउँपालिकाबाट किसानहरूले स्याम्पल लिएर आइरहेका छन्’ उनले भने,‘उक्त किसानहरूलाई हामीसँग भएको विषादी र सल्लाह सुझाव दिएर पठाइरहेका छौँ ।’ गएको वर्ष भन्दा यस वर्ष किसानहरूबाट कम गुनासो आइरहेको पनि उनले बताए ।

‘अहिले सबै स्थानीय तहमा कृषि शाखा रहेको छ । हाम्रोमा भन्दा उतै गुनासो बढी आएर होला हामी कहाँ कम गुनासो आएको छ । अनुदानका कार्यक्रमहरूका गुनासो बढी मात्रामा आउने गरेको छ । ’

गएको वर्ष फौजी किराको प्रकोप व्यापक रूपमा थियो । ‘गएको वर्ष हामीले स्थानीय निकायसँग समन्वय गरेर समयमै फौजी किरा नियन्त्रण गरेका थियौँ। विषादीहरु पनि वितरण गरेका थियौँ’,  उनले भने, ‘किसानहरूबाट यस वर्ष पनि गुनासो आए, अनुगमन गर्छौ र समयमै नियन्त्रण गर्छौ ।’

अहिले  मकै सानै भएका कारण गुनासो खासै नआएको र अबको केही दिन पछि गुनासो आउन सक्ने पनि उनले बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

प्रदेश एक मन्त्रालयले फौजी किरा नियन्त्रणका लागि बजेटसम्म छुट्याएको छ । केही दिन अघि मात्र प्रदेश एकका १४ वटै जिल्लाका कृषिका प्राविधिकहरूसँग छलफल भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.राजेन्द्र उप्रेतीले बताए ।

‘फौजी किराको प्रकोप देखिए हामी तयारी अवस्थामा छौँ’, उनले भने, ‘हामीसँग केही बजेट छ । किराको प्रकोप देखिए । हामीलाई भन्नु भनेका छौँ । तर अहिलेसम्म पहिलाको वर्षहरूमा जस्तो गुनासो आएको छैन ।’

गएको वर्ष हिउँदमा पनि फौजी किराको प्रकोप धेरै देखिएको थियो तर यस वर्ष देखिएन । यस वर्ष पनि त्यति धेरै गुनासो नआएको उनले बताए । ‘त्यति धेरै गुनासो आएको छैन ।  फौजी किराको प्रकोप देखिए पनि हामी नियन्त्रण गर्न तयारी अवस्थामा छौँ’ उनले भने ।

Tags: प्रदेश एकमा फौजी किरा
ShareTweetPin
अघिल्लो समाचार

ताप्लेजुङका सबै बैंक तथा वित्तीय संस्था बन्द

अर्को समाचार

भारतबाहेक अन्य देशमा चिया नजाँदा दैनिक ४५ देखि ५० हजारको घाटा

अर्को समाचार

भारतबाहेक अन्य देशमा चिया नजाँदा दैनिक ४५ देखि ५० हजारको घाटा

Leave a ReplyCancel reply

Recent Posts

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.