इलाम, १२ साउन । हिन्दु धर्ममा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु पूर्व सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रही आएको छ । भगवान श्री गणेशलाई विशेष मङ्गलकारक देवताका रूपमा पूजा गर्ने प्रचलन छ । आज मङ्गलबारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन छ । भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने गरिन्छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिनदेखि व्रत प्रारम्भ गर्ने गरिन्छ ।
भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा लिइन्छ आजको दिन श्रद्धापुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक विश्वास रहेको छ । श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुनेछ । कुनै नयाँ कार्यको श्री गणेश गर्नुपर्नेछ भने आजको दिन अति शुभ मानिन्छ । विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख वाला र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ, हे गणनाथ, हजुरलाई नमस्कार छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।