२३ असार, इलामः साङरुम्बा इलाममा ५८ बर्षिय धनबहादुर राईको हत्या भएको छ । साङरुम्बाका स्थानीय ४५ बर्षिय यमबहादुर साँवाले राईको भुडीमा खुकुरी हानी हत्या गरेका हुन् । ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ डाँडागाँउ बस्ने बल बहादुर सावाको घरमा सो घटना घटेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक किशोर तामाङले जानकारी दिए । हत्याका आरोपी साँवालाई प्रहरी निरिक्षक किशोर तामाङको कमाण्डमा गएको टोलीले तत्काल पक्राउ गरेको छ । प्रहरीले आरोपीको साथमा हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको छ ।