इलाम, १३ जेठः इलाम जिल्ला अस्पतालले कोभिड संक्रमित महिलालाई प्रसुति सेवा प्रदान गरेको छ । बुधबार इलाम जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभु शाह समेतको चिकित्सकको टोलीले इलाम नगरपालिका वडा नं. ११ की संक्रमित महिलाको सफल शल्यक्रिया मार्फत प्रसुति गराएको हो । इलाम नगरपालिका ११ का अरुण फागोकी श्रीमति बविता राईको परिक्षणका क्रममा कोरोना पोजेटिभ पुष्टी भएको थियो । आर्थिक अवस्था कमजोर रहेका फागो परिवारको उपचारमा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेश श्रेष्ठले समन्वय गरेका थिए । शल्यक्रियापछि शिशु र महिलाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।