![](https://i0.wp.com/greenilam.com/ilam/wp-content/uploads/2021/05/salaha.jpeg?resize=1000%2C666&ssl=1)
गर्मी स्थानमा बढि देखिने
गर्मी वातावरणीय परिवेशमा बसोबास गर्ने सलह किरालाई रेगिस्तान (बालुवा) क्षेत्रमा ब्रिडिङ (प्रजनन) गर्ने गर्छन् । प्रजनन तथा विकसित किरा बन्नको लागि करिब एकदेखि दुई महिना समय चक्र हुने लाग्ने जानकारी सुचना अधिकारी सुवेदीले दिए । जसको कारण अफ्रिकी मुलुकबाट आउने सलह किरालाई केही समय लाग्नेछ ।
‘यकिनन् यति नै संख्यामा सलह किरा आए नआएको तथ्यांक छैन । सलह किरा झुण्डमा बस्ने हुँदा बढी संख्यामा सलह किरा भएमा मात्र उनीहरू स्तान्तरण गर्ने गर्छन् । गत वर्ष सलह किराको संख्या अत्याधिक भएको कारण पनि सलह किरा स्नान्तरण गर्दै नेपालसम्म पुगेको थियो ।’
यस कारण पनि यस वर्ष सलह किरा नेपालमा प्रवेश गरिहाल्ने सम्भाव्यता कम रहेको प्लान्ट क्वारेन्टिन, कीट तथा विषादी परीक्षण प्रयोगशालाका सुचना अधिकारी राम प्रसाद सुवेदीले हलोखबरलाई जानकारी दिए । संख्याको हिसाबले धेरे नदेखिएको कारण पनि खासै खतरा नभइसकेको उनले बताए । तथापि, ढुक्क भएर बस्न भने नमिल्ने उनी बताउँछन् । भारतमा नै पनि उत्तर तथा मध्यप्रदेशमा सलह किराको गतिविधि खासै देखिएको छैन । सलह किराको गतिविधिमा तीव्रता देखिएमा सम्बन्धित सरोकारवालाबाट जानकारी आउने उनले बताए ।
अस्पष्ट नोक्सानी तथ्यांक
दाङ, मकवानपुर, प्युठानमा सलह किराको बढी आक्रमण थिया । मकवानपुर र चितवनमा एक हजार हेक्टरको बाली नष्ट भएको जानकारी उनले दिए । सबैभन्दा बढी प्युठानमा भएको थियो । करिब २५ सय हेक्टरमा फैलिएका सलह किराले उक्त क्षेत्रफलको बाली नष्ट गरेको थियो । सलह किराले तरकारी तथा बालीमा बढी आक्रमण गर्ने गर्छ । दाङमा करिब आधा घण्टामा पाँचदेखि सात सय हेक्टरका बाली तथा फलफूल नष्ट गरेको थियो ।
सुचना अधिकारी सुवेदीका अनुसार, पत्राचार गरिएको स्थानीय सरकारबाट खासै तथ्यांक प्राप्त भएन जसको कारण कुल क्षति कति भयो भन्ने जानकारी प्रयोगशालासँग छैन । ‘
केही सिमित ज्ञान केन्द्रले पठाएका छन् । तथापि, उक्त तथ्यांकमा ठुलो क्षति नदेखिएको उनले बताए ।
विषादीको प्रयोग उत्तम नहुने
नेपाली कृषि प्रणाली अनुसार अन्य देशमा जस्तो ड्रोन तथा हेलिकप्टरबाट विषादीको प्रयोग गरि सलह किरा हटाउन नसकिने अवस्था चित्रण उनले गरे । कारण, खेती तथा आवासिय क्षेत्रसँगै रहने मानव तथा पशुपन्छीको स्वास्थमा असर गर्न सक्छ । उनका अनुसार सलह किराको निकास उनीहरू विश्राम गर्न स्थानमा गई हटाउने मात्रै हो । गत वर्षको सलह किराको व्यवस्थापनको लागि समिति बनेको थियो । सोही समितिले गरेको निर्णय अनुसार यस वर्ष पनि किरा आक्रमणको विषयमलाई व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
चिसो वातावरणमा बाँच्न नसक्ने कारण गत वर्ष तराई हुँदै पहाडी इलाका पुग्ने क्रममा सलह किराको संख्या कम हुँदै गएको थियो । जुन एक किसिमले व्यवस्थापन समितिको लागि राहत बनेको थियो ।