मंसिर १७, इलाम : इलाममा थप एक जनाको कोरोनाको कारण ज्यान गएको छ । इलाम नगरपालिकाका थप एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनकी श्रीमतिको हिजो मात्र हृदयघातका कारण मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गराईरहेका पुरुषको मंसिर ८ गते भ्यान्टिलेटरमा राखिएको थियो । उनको ८ गते नै श्वाव संकलनको रिपोट पोजेटिभ देखिएको थियो । ५ दिन सम्म भेन्टिलेटर उपचाररत श्रीमानको अवस्थामा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट निकालिएको थियो । निकालिएको दोश्रो दिनमा नै पुन समस्या भएपछि उनलाई पुन भेन्टिलेटरमा राखिएको थियो । पुन भेन्टिलेटरमा राखिएपछि श्रीमति मानसिक रुपमा विक्षिप्त भएकी थिइन् ।
ADVERTISEMENT