
मंसिर २१, इलाम: इतिहासविद् तथा इलामका ‘विशिष्ट नागरिक’को पद्वी पाउनुभएका सहप्राध्यापक युद्धप्रसाद बैद्यको स्वास्थमा सुधार आएको छ । विराटनगरस्थित एक कोभिड अस्पतालमा उपचार गराईरहनुभएका बैद्यलाई अस्पतालले हिजो डिष्चार्ज दिएको छ भने हाल वहाँ विराटनगरस्थित सामान्य अस्पतालमा ट्रान्फर गरिएको छ । मंगलबार ६ दिन अघि स्वासप्रस्वासमा समस्या आएपछि वहाँको उपचारको लागि इलाम अस्पताल लगिएको थियो । नवा देय दवु इलामका अध्यक्ष समेत रहनुभएका वहाँको छातीमा इन्फेक्सन देखिएपछि इलाम अस्पतालले मंगलबार नै सघन उपचारको लागि रेफर गरेको थियो । मंगलबार साँझ नोबेल मेडिकल कलेज विराटनगरमा उपचार गरिवरि बुधबार न्युरो कोभिड अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।
त्यहाँ वहाँलाई कोरोना संक्रमण पुष्टि भएको उपचारमा सँगै जानुभएका विमल बैद्यले जानकारी दिनुभयो । ५ दिन सम्म आइसियुमा उपचार गरेपछि वहाँको शनिबार कोरोना भाईरसको रिपोर्ट नेगेभिट आएको थियो । वहाँको यो भनाई अन्तिममा राख्दै बैद्य सरको शिघ्र पूर्णस्वास्थ्य लाभको हामी इलामग्रीन र ग्रिन इलाम परिवार कामना गर्दछौं ।
“इलाम नकुदिएको हिरा हो,
कुद्न बाँकी छ ।
कुद्ने शिल्पी, सीप र जाँगरको खाँचो छ ।”
Photo Source : www.maipokharinews.com