इलाम, १३ माघः इलाम नगरपालिका वडा नं. ९ गोलाखर्कमा बुुधबार भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । अपरान्ह ४ बजेतिर इलामबाट झापा जाँदै गरेको को१८प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाउँपालिका वडा नं. ३ मानचोक बस्ने २८ वर्षिय सन्जु आचार्यको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । सो दुर्घटना परी सुर्योदय नगरपालिका १० बस्ने उमेश शाह र मृतक आचार्यको २ वर्षिय छोरा सरोज आचार्य सख्त घाईते भएका छन् । घाईतेको उपचारको लागि बिर्तामोड पठाईएको छ भने मृतकको शव पोस्टमार्टमको लागि इलाम अस्पताल लगिएको छ । ट्रक चालक हिलिहाङ बस्ने भवानीप्रसाद तिम्सिना प्रहरीको नियन्त्रणमा रहेका छन् ।