इलाम, १८ असोजः इलाम नगरपालिकाले पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तर्गत लागत साझेदारीमा प्याराग्लाइडिङ्ग पाईलट तालिम संचालन गर्ने भएको छ । नगरपालिकाले प्रशिक्षण र बिमा रकम मध्ये एक लाख पचास हजार रुपैंयाँ अनुदान दिएर एसएलसी वा एसईई उर्तिण गरेको साहसिक खेलकुदमा अनुभव तथा रुचि भएका युवाहरुलाई प्रोत्साहन गर्न पाईलट तालिम उपलब्ध गराउन लागेको हो । यसका लागि ईच्छुक व्यक्तिले नागरिकताको फोटोकपी, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, निरोगिताको प्रमाणपत्र, स्थानीय इजाजत प्राप्त पर्यटन व्यवसायी संस्थाको सिफारिस र वडा कार्यालयको सिफारिसपत्र सहित नगरपालिकामा आवेदन दिन हुन अनुरोध गरेकोछ । यसका साथै भद्दा शरीर, दौडन उफ्रन नसक्ने र आउटडोर खेलको अनुभव नभएको व्यक्तिले यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन नपाईने उल्लेख गरेको छ । आवेदन दिनको लागि असोज १६ गते एक सूचना जारी गरेर सो मितिले ७ दिन भित्र आवेदन दिनु पर्ने बताईएको छ ।
(इलाम नगरपालिका वडा नं. ३ पुवामझुवामा प्याराग्लाइडिङ्ग गरिदै । तस्बीरः भक्त गुरुङ्ग)