Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

खुर्सानीको राजा ‘अकबरे’को बजार बढ्दो

 भारत-थाइल्याण्ड-अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात, यस्ता छन् फाइदा

ग्रीन इलाम ग्रीन इलाम
September 10, 2023
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

राजेश बर्मा

काठमाडौं । केही वर्षअघि बजारमा पुनर्जन्म चलचित्रको ‘पिरो पिरो अकबरे खुर्सानी’ भन्ने बोलको गीतले निक्कै उधुम मच्चाएको थियो । नेपाली जनजिब्रोमा लोकप्रिय मानिएको र खाँंदा पनि निक्कै पिरो मानिएको अकबरे खुर्सानी शब्दलाई ढालेर उक्त गीत बनाइएको हो । यो गीत त्यतिकै बनाइएको होइन, अकबरे खुर्सानीले पछिल्लो समयमा कमाउँदै गरेको ख्यातीका कारण गीतमा ढालिएको हो । औषधीय गुणले भरिपूर्ण अकबरे खुर्सानीको बारेमा अहिले बुझ्ने र जान्ने निक्कै कम संख्यामा छन् ।

कहाँंसम्म भने ‘बालकमा हरियो, तन्नेरीमा रातो, मानिसले खायो भने जान्छ, उसको सातो’ भन्ने वाक्यांश पनि यतिखेर गाउँंघरमा निक्कै प्रख्यात बनेको छ । हेर्दा डल्ले, गोलो, चुच्चे, लामो चुच्चे, झोले, अकाशे, ढेंडे, ठाडो, ज्यानमारा, वयेरे, राङ्गेलगायतका जे-जस्तो नामबाट चिनिने भएपनि यसको सक्कली नाम भने अकबरे खुर्सानी नै हो । विभिन्न जनश्रृतिअनुसार एउटा सिङ्गो राङ्गालाई एउटै अकबरे खुर्सानीको पीरोले पुग्छ भनेर राङ्गे खुर्सानी नामाकरण गरिएको हो। त्यसैगरी पौराणिक कथाहरुका अनुसार राजा अकबर निक्कै कडा मिजाज र दह्रो राजा मानिन्छ । त्यही भएर उनकै नामबाट यो खुर्सानीको नामाकरण गरिएको पनि बताइन्छ । ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’ भन्ने उखानजस्तै यो खुर्सानीलाई दोष लगाउने अवस्था छैन । खाँदा मुखै पिरो बनाउने तर अन्य खुर्सानीको रागले जस्तो यसले पेट नपोल्ने तथा मल गुद्दारसमेत नदुख्ने विशेषताको धनी यो खुर्सानीलाई मानिन्छ ।

खुर्सानीमध्ये अकबरे खुर्सानीलाई माथिल्लो २० भित्र राखिएको छ । धेरै क्याप्सीसीन (पिरोको अत्याधिक मात्रा) को मात्रा भएकाले यो खुर्सानीलाई औषधीय गुणले भरिपूर्ण मानिएको छ । यो खुर्सानीको भने हालसम्म बैज्ञानिक नामाकरण गरिएको छैन । अकबरे खुर्सानीभित्र पाइने तत्व क्याप्सीसीनका कारण यसलाई प्रशोधन गरेर तयार पारिएको औषधी मानसिक असन्तुलन, मोटोपना, पिनास, थकाई लाग्ने, हाड तथा जोर्नी दुखाई, मधुमेह, अल्सर, ग्यास्टिकलगायतका रोगीका लागि निक्कै लाभदायक मानिन्छ । यसका साथै क्याप्सीसीनका कारण क्यान्सरको तत्व मरेको अध्ययनले पुष्टि गरेको छ । यतिमात्रै होइन, यसको विशेषता ।

यसको फल धेरै पिरो हुने हुँंदा यसको मिठो बास्नाले खानाको रुची पनि बढाउने गर्छ । नेपाल र भारतीय क्षेत्रमा मसलाको रुपमा प्रयोग हुनुका साथै पाकेको फल तोरीको तेल, नुन वा भेनेगारमा डुवाएर मुखै रसाउने गरी स्वादिलो अचार बनाउर घरमा सजाएर राख्ने चलन पनि सुरु भएको छ । धुलो बनाएर आवश्यकतअनुसार तरकारीमा हाल्ने पनि त्यतिकै चलन छ । अझै भन्दा अहिले वैदेशिक रोजगारमा जाने युवायुवतिहरुले कोशेलीको रुपमा अकबरे खुर्सानीको अचार आफुसँंगै न लगि हुन्न । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारबाट मात्रै साताको एक पटक बैंकक र अमेरिका पनि हरियो अकबरे खुर्सानी ५० देखि ६० किलोसम्म असंगठितरुपमा निर्यात पनि हुँंदै आएको छ । अन्य स्थानबाट पनि सोही परिमाणमा विभिन्न मुलुक निर्यात भएपनि कुनै निकायसँंग आधिकारिक तथ्यांक छैन ।

अकबरे खुर्सानीको लहर भने पछिल्लो १४/१५ बर्ष यतादेखि सुरु भएको कृषि विज्ञहरुको भनाइ छ । ‘पछिल्लो १५ वर्षदेखि यसले गज्जब तरिकाले बजार पाएको छ,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का मसला वालीसम्बन्धी विज्ञ दिपा सिंहले भनिन्,‘यसको मुख्य बिशेषता औषधीय गुण नै हो । यसको नियमित सेवनका कारण ग्यास्टिक नहुने जनविश्वासका कारण पछिल्लो समयमा गाउँंदेखि सहरसम्म यसको व्यापकता छाएको छ । कतिसम्म भने घरको करेशावारी, कौशी र गमलामा पनि यसको बोट मज्जाले हेर्न सकिन्छ ।’

विस्तारै बजार छप्पकै छोप्न लागेको अकबरे खुर्सानीको विस्तृत जानकारी, वैज्ञानिक अवस्था, निर्यात, यसका पाइने बिशेष प्रकारका मौलिक गुणहरुको बारेमा भने राज्य मौन छ । पूर्वी नेपालका केही पहाडी जिल्लाका नगदे वालीको रुपमा चिनिएको यसको बारेमा भने हालसम्म सरकारी तवरबाट कुनै अध्ययन र अनुसन्धान गरिएको छैन ।

‘अहिलेसम्म यसको बारेमा कुनै अध्ययन भएको छैन,’ सिंहले भनिन्,‘परम्पराकालदेखि यसको खेती भएको पाइएपनि कहिलेदेखि र कसको पालादेखि यसको खेतीको सुरुआत भएको हो भन्ने बारेमा कुनै अध्ययन प्रतिवेदन छैन ।’ तर, विश्वभरमै बिछट्टै प्रकारको पिरोपना भएको अकबरे खुर्सानीको बारेमा भने निकट समयमै नार्कले विस्तृत अध्ययन गर्ने तयारी गरेको छ । हाल नार्कले १ सय ५५ प्रकारको अकवरे खुर्सानीको नमूना संकलन गरेको छ ।

अकबरे खुर्सानीकै विषयमा विद्यावारिधी गरेकी सिंहकाअनुसार यो खुर्सानीको स्थल पूर्वी नेपालको इलाम जिल्ला मानिए पनि हालसम्म ठोस प्रमाण भेटिएको छैन । उनकाअनुसार करिब एक दर्जनको संख्यामा यसको नामाकरण गरिएपनि इलाममा पाइने अकबरे खुर्सानीको जस्तो अन्य स्थानको अकबरे खुर्सानीको स्वाद र बास्ना पाइदैन । अकबरे खुर्सानी नेपालको मौलिक बाली भएको जानकारहरु बताएपनि हालसम्म यससम्बन्धि पनि कुनै तथ्य भेटिएको छैन । ‘अकबरेमा पनि इलामकै मिठो मानिन्छ,’ उनले थप्दै भनिन्,‘इलामको हावापानीमा हुर्केको अकबरेजस्तो अन्य स्थानको अकबरेमा स्वाद पाइदैन ।’

१३ सय मिटरदेखि १९ सय मिटरसम्मको उचाईमा अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न सकिने सुझाव दिँदै सिंहले उच्च पहाडदेखि तराई क्षेत्रसम्म समय मिलाएर यसको खेती गर्न सकिने जानकारी दिइन् । तुसारो नपर्ने र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा तल नजाने स्थानमा हिउँंदे बालीको रुपमा अकवरेको खेती गर्न सकिन्छ । ‘अहिलेसम्म समग्र तरकारी र मसला वालीमा यसलाई सम्बोधन गरिएको छ,’ उनले भनिन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको ४३ जिल्लामा ८ सय ५४ हेक्टरमा ४ हजार २ सय ७८ टन अकवरे खुर्सानी उत्पादन हुन्छ ।

बजारको अवस्था

अकबरे खुर्सानी बजारमा अहिले न्युनतम २ सयदेखि ६ सय रुपैयाँं प्रतिकिलोसम्म पाइन्छ । अकबरे खुर्सानी बिक्री गर्ने व्यापारीको तथ्यांकलाई आधार मान्ने हो भने न्युनतम मूल्य अनुसार उपत्यकामा दैनिक ३ लाख मूल्यबराबरको १५ सय किलो र कालिमाटी तरकारी बजारमा मात्रै दैनिक १ लाख ४० हजार मूल्यबराबरको ७ सय किलो अकबरे खुर्सानीको कारोबार हुन्छ । धरानस्थित कृषि बजारबाट १२ बर्षको अवधीमा १३ सय ४५ मेट्रिक टन अकबरे खुर्सानी बिक्री भएको थियो । अनौपचारिकरुपमा भारत, अमेरिका, थाइल्याण्डमा अकबरे खुर्सानीको पाउडर, हरियो खुर्सानी र अचार बनाएर निर्यात गरिएपनि यर्थात विवरण भने पाइँदैन ।

कालिमाटीस्थित अकबरे खुर्सानीका थोक बिक्रेता सन्तोष अधिकारीका अनुसार कालिमाटीबजारमा मुख्य गरी धादिङ्ग, कुलेखानी, दक्षिणकाली, फर्पिङ्ग, झापा, काभ्रेप्लान्चोक लगायतका स्थानबाट अकबरे खुर्सानी आयात हुन्छ । सुरुआतको समयमा इलामबाट ल्याएर बिक्री गरिएपनि ढुवानी खर्च बढी भएर बिक्री मूल्य अत्याधिक भएर उपभोक्ताले लिन त्यति नरुचाउँंदा अहिले नजिकैको स्थानबाट आयात गर्दैआएको अधिकारीले जानकारी दिए ।

सुरुमा अकबरे खुर्सानीको ५ किलोबाट व्यापार सुरु गरेका अधिकारीले अहिले दैनिक डेढसयदेखि ५ सय किलोसम्म बिक्री गर्दैआएका छन् । अकबरे खुर्सानीको कूल मागमध्ये ९० प्रतिशत कालिमाटी बजारबाट बिक्री भइरहेको बताउँदै अधिकारीले सातामा एक पटक १२ हजार मूल्यबराबरको ५० देखि ६० किलोसम्म हरियो अकबरे खुर्सानी अमेरिका र थाइल्याण्ड निर्यात भइरहेको जानकारी दिए । ‘यसको गुणका कारण पछिल्लो समयमा अकबरे खुर्सानीको बजार निक्कै फराकिलो भएको छ,’ अधिकारीले भने । अकबरे खुर्सानीको अचार पनि त्यति नै बढी परिमाणमा विभिन्न मुलुक निर्यात हुने क्रम बढेको छ । आमाको अचार, डुक, नवरशलगायतका नाम चलेका र साना उद्योगहरुले पनि यसको विभिन्न स्वादमा अचार बनाएर स्वदेशी तथा विदेशी बजारमा निर्यात गर्दैआएको छ ।

आमाको अचार भन्ने उद्योगका अध्यक्ष संगिता पाण्डेयका अनुसार बार्षिक करिब ९० लाख मूल्यबराबरको अचारको मात्रै कारोबार हुन्छ । पाण्डेयले आफैं वार्षिकरुपमा २२ लाख मूल्यबराबरको २० हजार बोतलसम्म विभिन्न प्रकारको अकबरे खुर्सानीको अचार बेलायत, अष्ट्रेलिया र अमेरिका निर्यात गर्दैआएकी छिन् । पाण्डेयले डल्लो पेस्ट अचार, डल्ले मसला अचार, तामा डल्ले अचार र ब्राइन डल्ले अचार बनाएर स्वदेशी तथा बिदेशी बजारमा बिक्रि गर्दैआएकी छिन् । यस्तो अचारको मूल्य दुई सय ३० देखि दुई सय ५५ रुपैयाँ तोकिएको छ । स्वदेशी बजारमा भने वार्षिक ३ लाख रुपैयाँंसम्मको बिक्री गर्छिन् । ‘स्वास्थ्यप्रति बढी सचेत भएका वर्गले पछिल्लो समयमा निकै रुचाएका कारण यसको बजार प्रसस्त मात्रामा फैलिएको छ,’ उनले भनिन् ।

अकबरे खुर्सानीले मानव स्वास्थ्यमा पारेको प्रत्यक्ष प्रभाव
-क्याप्सीसीनको कारण क्यान्सरको तन्तु मरेको अध्ययनमा भेटिएको ।
-ग्यास्टिक तथा अल्सरका बिरामीलाई उपभोगी मानिएको ।
-मोटोपना घटाउन सहयोग गर्ने ।
-रगतमा चिनीको मात्रा घटाउने ।
-पिनासका बिरामीलाई लाभदायक ।
-हाडजोर्नी दुखाई र अन्य दुखाई कम गर्न सहयोग ।
-खुर्सानी मिसाइको परिकारमा किटाणुको संक्रमण कम गराउने ।
-थकाई मेटाउने ।

ShareTweetPin
अघिल्लो समाचार

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

अर्को समाचार

रासायनिक मल बिक्रेता छनौटको लागि आवेदन पेश गर्ने बारे सूचना !!!

अर्को समाचार

रासायनिक मल बिक्रेता छनौटको लागि आवेदन पेश गर्ने बारे सूचना !!!

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.