इलाम, ३० भदौः जिल्ला समन्वय समिति इलामको संयोजनमा सो विश्व इलामेली भेलाको आयोजनाको ब्यापक तयारी भइरहेको छ । सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश नंं. १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिएका छन । भेलाको लागि मुख्य तीन उद्देश्यहरु रहेको जनाईएको छ। विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र भोगिरहेको कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली ले बताएका छन । भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ ।
यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के.वी. गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सांसदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश नं. १ का अध्यक्ष कृष्ण शाहले बताए । भेलाको लागि गठन गरिएको समितिमा संयोजक गणेश बराल (प्रमुख, इलाम समन्वय समिति, इलाम) र सदस्यहरुमा राधेश्याम लेकाली (अध्यक्ष, इलाम विकास समाज, काठमाडौं), कृष्ण शाह (अध्यक्ष, इलामेली समाज प्रदेश नं. १ इटहरी) रहेका छन ।यसैगरी मोहनकुमार सुवेदी (उपाध्यक्ष, इलामेली समाज प्रदेश नं. १), प्रदीप घिमिरे (महासचिव, इलाम विकास समाज, काठमाडौं), ईश्वर श्रेष्ठ (कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं), अर्जुन श्रेष्ठ (सचिव, इलामेली समाज प्रदेश नं. १), सरस्वती कर्माचार्य (सदस्य, इलाम विकास समाज, काठमाडौंं) यशोदा कायस्थ (अध्यक्ष, इलामेली समाज, सुनसरी), तिलत्तोमा खत्री (अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर) र सदस्य सचिवमा अर्जुन भट्टराई (सचिव, इलाम विकास समाज, काठमाडौं) रहनु भएको छ । भेला संयोजक जिल्ला समन्वय समितीका प्रमुख गणेश बरालले देश परदेशमा रहेका सम्पुर्ण इलामेलीहरुलाई असोज ३ गते नेपाली समय अनुसार ५ बजे जुम एप्स मार्फत भर्चुअल बिधि बाट जोडिन आग्रह गरेका छन् ।