Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह समाज

आज परशुराम जयन्ती, जान्नुहोस् अमरपुरुष परशुरामका बारेमा ५ रोचक कुरा

ग्रीन इलाम ग्रीन इलाम
April 25, 2020
भित्र समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १३ वैशाखः हिन्दु पञ्चाङ्गका अनुसार, वैशाख मास शुक्ल पक्षको तृतीया तिथिका दिन भगवान परशुराम जयन्ती मनाइने गरिन्छ । यो वर्ष (वि.सं. २०७७)मा परशुराम जयन्ती आज वैशाख १३ गते शनिबारको दिन परेको छ । यसै दिन भगवान विष्णुको आवेशावतार परशुरामको जन्म भएको हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ । आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई भगवान परशुरामकै बारेमा केहि रोचक कुराहरू बताउन गईरहेका छौँ, जुन यसप्रकार रहेका छन् ।
आफ्नै शिष्य भीष्मलाई पनि पराजित गर्न सकेनन्
महाभारत कथाका अनुसार, महाराज शान्तनुका पुत्र ‘भीष्म’ले भगवान परशुराम सँग शस्त्र–अस्त्र विद्या प्राप्त गरेका थिए । एकपटक भीष्मले काशीमा भैरहेको स्वयंवरबाट काशीराजका तीन पुत्रीहरू अम्बा, अम्बिका र अम्बालिकालाई आफ्ना कान्छा भाई ‘विचित्रवीर्य’को लागि उठाएर ल्याएका थिए । तर जब अम्बाले आफूले राजा शाल्वलाई मनै मनले आफ्नो पति मानिसकेको बताएपछि भने भीष्मले उसलाई स–सम्मान छाडिदिए । तर हरण गरिसकेको स्त्रीलाई शाल्वले अस्वीकार गरिदिए । त्यसपश्चात अम्बा भीष्मका गुरु परशुराम कहाँ पुगिन् र आफ्नो व्यथा सुनाइन् । अम्बाको कुरा सुनेर परशुरामले भीष्मलाई उसैसँग विवाह गर्न आदेश दिए । तर ब्रह्मचारी भएको कारण भीष्मले यस्तो गर्न अस्वीकार गरेपछि परशुराम र भीष्मको घमासान युद्ध भयो । भीष्मलाई पनि सारा शस्त्र–अस्त्रको पुरै ज्ञान थियो, जसको कारण परशुरामले उनलाई सजिलै पराजित गर्न सकेनन् । अन्तमा आफ्ना पितृहरूको कुरा मानेर भगवान परशुरामले अस्त्र राखिदिए ।


ब्राह्मण भएर पनि क्षत्रीय जस्ता थिए परशुराम
महर्षि भृगुका पुत्र ऋचिकको विवाह राजा गाधिकी पुत्री सत्यवतीसँग भएको थियो । विवाह पश्चात सत्यवतीले आफ्ना ससुरा महर्षि भृगुसँग आफ्नो लागि र आफ्नी माताका लागि पुत्र वरदान मागिन् । तब महर्षि भृगुले सत्यवतीलाई दुईवटा फल दिए र भने– ‘ऋतु स्नान (महिनावारी भएको बेला गरिने स्नान) पछि तिमीले वरको वृक्ष र तिम्री माताले पीपलको वृक्षलाई फन्को मारेर यो फल खानू ।’ तर सत्यवती र उनकी माताले भूलवश वर र पीपलको सट्टा अर्कै वृक्षलाई फन्को मारेर फल खाए । महर्षि भृगुले यो कुरा थाहा पाए र सत्यवतिलाई भने– ‘तिमीहरूले गलत वृक्षलाई गएर घुम्यौ, त्यसैले तिम्रा पुत्र ब्राह्मण भएर पनि क्षत्रीय जस्ता हुनेछन् र तिम्री माताका पुत्र क्षत्रीय भएर पनि ब्राह्मण जस्ता हुनेछन् ।’ यस्तो कुरा सुनेर सत्यवतीले महर्षिसँग प्रार्थना गर्न थालिन्, कि उनका पुत्र क्षत्रीय गुणवाला नहून्, बरु उनका नातिमा यस्तो गुण होस् । महर्षि भृगुले पनि यस्तै हुने वरदान दिए । केहि समय पश्चात सत्यवतिको गर्भबाट जमदग्रिको जन्म भयो, जसको आवरण ऋषिहरूकै समान थियो । उनको विवाह रेणुकासँग भयो र उनीहरूबाट चार पुत्र भए । जसमध्ये चौथो पुत्र परशुराम थिए, जसको आचरण, बानी व्यवहार क्षत्रीय जस्तै हुन पुग्यो ।
आफ्नै माताको वध गरेका थिए परशुरामले
एकदिन परशुरामकी माता रेणुका स्नान गरेर आश्रम फर्किरहेकी थिइन् । तब संयोगवश उनको भेट राजा चित्ररथसँग हुन पुग्यो । राजालाई देखेर रेणुकाको मनमा नानाथरीका विकार उत्पन्न हुन पुग्यो । यस्तै विचलीत मन लिएर उनी आश्रम पुगिन् । आश्रम पुगेपछि उनका पति जमदग्रिले रेणुकाको मनमा उत्पन्न भएको विकारलाई चिने । त्यसपछि उनले आफ्ना सबै पुत्रहरूलाई माताको वध गर्ने आज्ञा दिए, तर मातामोहको कारण कसैले पनि जमदग्रिको आज्ञा पालन गर्न सकेनन् । तर परशुराम त क्षत्रीय गुणवाला थिए, उनले आफ्ना पिताको आज्ञा पालन गर्दै भगवान शिवबाट प्राप्त गरेका ‘दिव्य बञ्चरो’ले आफ्नै माताको शिर काटिदिए । यो देखेर मुनि जमदग्रिले प्रसन्न हुँदै परशुरामसँग वरदान माग्नको लागि भने । तब परशुरामले आफ्नी मातालाई पुर्नजिवित गर्ने र उनलाई यसको बारेमा कुनै ज्ञान नहोस् भनी वरदान मागे । जमदग्रिले पनि सोहि वरदान दिई उनकी माता रेणुकालाई पुर्नजिवित गरिदिए ।
२१ पटक पृथ्वीलाई क्षत्रीयविहिन गराइदिएका थिए परशुरामले


एकपटक महिष्मती देशका राजा कार्तवीर्य अर्जुन युद्धमा विजय भएर फर्किँदै थिए र ऋषि जमदग्रिको आश्रममा विश्राम गर्ने निर्णय गरे । विश्रामको क्रममा राजाका सारा सेनाहरूलाई कामधेनुले सजिलै भोजनको व्यवस्था गरेको देखेर उनले कामधेनुलाई जबरजस्ती त्यहाँबाट उठाएर लगे । यो कुरा परशुरामले चाल पाएपछि उनले कार्तवीर्य अर्जुनका सबै हजार भुजाहरू काटेर उनको वध गरिदिए । कार्तवीर्य अर्जुनको वधको बदला उसका पुत्रहरूले जमदग्रि मुनिको वध गरेर फिर्ता लिए । क्षत्रीयहरूको यस्तो नीच कर्म देखेर परशुराम अति क्रोधित भए र उनले कार्तवीर्यका सारा पुत्रहरूको वध गरिदिए । जुन–जुन क्षत्रीहरूले उनीहरूको साथ दिएका थिए, परशुरामले ती सबैको वध गरिदिए । यसप्रकार परशुरामले २१ पटक धर्तीलाई क्षत्रीयविहिन बनाइदिएका थिए ।
अमर छन् परशुराम
हिन्दु धर्मका ग्रन्थहरूमा केहि महापुरुषहरूको वर्णन गरिएको छ, जसले अमरत्वको वरदान पाएका थिए । यिनीहरूलाई अष्टचिरञ्जीवी भनेर पनि चिनिन्छ । जसमा भगवान विष्णुका आवेशावतार परशुराम पनि पर्दछन् ।
अश्वत्थामा बलिव्र्यासो हनूमांश्व विभीषण ।
कृपः परशुरामश्व सप्तैते चिरञ्जीविन ।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमनथाष्टमम् ।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित ।।
यस श्लोकमा अश्वत्थामा, राजा बलि, महर्षि वेदव्यास, हनुमान, विभिषण, कृपाचार्य, भगवान परशुराम तथा ऋषि मार्कण्डेय अमर छन् भनेर उल्लेख गरिएको छ ।

Tags: आज परशुराम जयन्तीजान्नुहोस् अमरपुरुष परशुरामका बारेमा ५ रोचक कुरा
ShareTweetPin
अघिल्लो समाचार

पुर्वोत्तर इलाममा शनिबार दिउसोभर विद्युत अवरोध हुने

अर्को समाचार

आज विश्व औंलो दिवसः काम ज्वरो आउनु औंलो रोगको मुख्य लक्षण, कसरी बच्ने ?

अर्को समाचार

आज विश्व औंलो दिवसः काम ज्वरो आउनु औंलो रोगको मुख्य लक्षण, कसरी बच्ने ?

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.