Tuesday, June 23, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

निर्जला एकादशी व्रत, तुलसीको बिऊ रोप्ने दिन

ग्रीन इलाम ग्रीन इलाम
June 2, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २० जेठः ज्येष्ठ शुक्लपक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ । एकादशी भगवान श्रीहरीको सर्वप्रिय तिथि भएकाले यस दिन भगवान् नारायणको पूजा–आराधना गरिन्छ । निर्जला एकादशीमा गंगा वा अन्य पवित्र नदीमा स्नान गरेर जलसमेत त्याग गरी व्रत बस्ने विधान छ । यस दिन पूर्ण रूपले उपवास गरी जल वा सर्वतले भरिएको घडा विधिपूर्वक सत्पात्र ब्राह्मणलाई दान गर्नाले दातालाई भगवान श्रीहरीको सान्निध्य प्राप्त हुने फलश्रुति पाइन्छ । यस्तै, गाई र अन्नसमेत दान गर्दा अझ धेरै पुण्यफल प्राप्त हुने शास्त्रकथन रहेको छ । वर्षभरिका २४ एकादशी र अधिकमासमा आउने २ वटासमेत गरी २६ वटा एकादशीको आ–आफ्नै महिमा र महत्व रहेको छ । निर्जला त्यो एकादशी हो, जुन अन्य एकादशीहरूको व्रत गर्न असमर्थ हुनेहरूका लागि पनि पूरण फलदायी मानिएको छ ।
द्वापर युगको अन्त्यतिर महाभारतकालमा भगवान् श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई सबै एकादशीको महिमा बताउनुभएको प्रसंग पाइन्छ । युधिष्ठिरको जिज्ञासा शान्त पार्दै भगवान श्रीकृष्णले वेदव्यासले भीमसेनलाई उपदेश दिँदै निर्जला एकादशीको व्रत गर्न सुझाउनुभएको प्रसंग उल्लेख गर्नुभएको छ । कथाप्रसंग अनुसार एक दिन वेदव्यासले पाण्डव परिवारलाई धर्म–अर्थ–काम–मोक्ष प्रदायक एकादशी व्रतको संकल्प गराउने सन्दर्भमा कुन्तीनन्दन भीमले आफ्नो पेटमा रेहेको ‘वृक’ नामक जठराग्नि शान्त गर्न नखाई नसक्ने कमजोरीका कारण एकादशी व्रत गर्न नसकेको सुनाउँछन् । आफ्नो परिवारमा अन्य पाण्डवहरू, द्रौपदी र माता कुन्तीले सहजै एकादशीको व्रत गरेको देख्दा आफूलाई पनि एकादशीको व्रत गर्ने उत्कण्ठा जागेको तर व्रत गर्न नसकेको बताएपछि वेदव्यासले भीमलाई निर्जला एकादशीको व्रत गर्न सुझाउनुभएको हो ।
वेदव्यास भन्नुहुन्छ– धर्ममा न्यूनतम नियम पालना गरेर पनि यस लोकमा धन, सुख, यश, विद्या, बुद्धि आदि प्राप्त गरेर परलोकमा मोक्षको भागीदार बन्न सकिन्छ । यसर्थ हे कुन्तीनन्दन, तपाईंले सबै एकादशीको गुणले युक्त निर्जला एकादशीमा विधिपूर्वक निराहार व्रत गर्नुभयो भने यस व्रतका प्रभावले अन्य एकादशी व्रतको फल प्राप्त हुन्छ र अन्त्यमा अर्थात परलोकमा भगवानको सान्निध्य प्राप्त हुन्छ । एकादशीको व्रत सबै नरनारीले गर्नुपर्दछ । निराहार नसके पनि एक छाक गाईको दूध र फलाहार भोजन गरेर पनि व्रत गर्नुपर्दछ । यसरी व्रतोपासना गरी रात्रिकालमा जाग्राम तथा भगवान श्रीहरीको कथा पाठ तथा श्रवण गर्ने र भोलिपल्ट पारणा गरी ब्राह्मणलाई भोजन गराएर विधिपूर्वक दानपुण्य समेत गरी आफूले भोजन गर्नाले सम्पूर्ण पापहरू नष्ट भई ठूलो पुण्य प्राप्त हुन्छ भनी बताएपछि ठूलो हिम्मतले भीमले निर्जला एकादशी व्रतको नियम पालना गरे । एकादशीमा सबै इन्द्रियहरूलाई संयममा राखी व्रतोपवास गर्दा रात्रिकालमा जब भीम संज्ञाहीन भए, त्यसपछि पाण्डवहरूले गंगाजल, तुलसी र चरणामृत पान गर्न दिएर उनको मूर्च्छना दूर गरेकाले यस एकादशीलाई भीमसेन एकादशीका नामले पनि चिनिन्छ ।
यस दिनमा भगवान श्रीहरीकी प्रियतमा तुलसीको बीज रोपण गरिन्छ । यो दिन रोपण गरिएकी तुलसी उमारेर हरिशयनी एकादशीमा पुनः रोपण गर्ने विधान रहेको छ ।

Tags: तुलसीको बिऊ रोप्ने दिननिर्जला एकादशी व्रत
ShareTweetPin
अघिल्लो समाचार

कोरोनाका कारण भारतको स्थिति भयावह, उछिन्यो चिन फ्रान्स र जर्मनीलाई

अर्को समाचार

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा इलाममा श्रद्धाञ्जली सभा गरिने

अर्को समाचार

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा इलाममा श्रद्धाञ्जली सभा गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.