नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९० हजारको सीमा पार भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको सूची अनुसार १ लाख ९० हजार ५ सय ३५ जना संक्रमित पुगेका छन्।
मन्त्रालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ९४ पुगेको छ। भारतको कोरोनाको इपिसेन्टर रहेको महाराष्ट्रमा संक्रमितको संख्या ६७ हजार ६ सय ५५ पुगेको छ। तामिल नाडूमा संक्रमित संख्या २२ हजार ३ सय ३३ पुगेको मन्त्रालयले जनाएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा संक्रमित संख्या १९ हजार ८ सय ४४ पुगेको छ। गुजरातमा यो संख्या १६ हजार ७ सय ७९ पुगेको छ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमध्ये उत्तर प्रदेशमा सबैभन्दा धेरै संक्रमित छन्। मन्त्रालयका अनुसार त्यहाँ ७ हजार ८ सय २३ जना संक्रमित छन्। पश्चिम वंगालमा ५ हजार ५ सय १ जना संक्रमित छन्। बिहारमा संक्रमितको संखया ३८ सय १५ पुगेको छ। उत्तराखण्डमा यो संख्या ९ सय ७ पुगेको छ।