इलाम १९ साउनः आज जनै पुर्णिमा, क्वाँटी पुर्णिमा, रक्षा बन्धन र साउन महिनाको तेस्रो सोमबार धार्मिक हिसाबले महत्वपुर्ण दिन । यसै सन्दर्भमा इलाम सदरमुकामस्थित धार्मिकस्थलहरुमा भक्तजनहरु आस्थाको भाव लिएर उपस्थित भएका छन् । इलाममा न लकडाउन, न निषेध आज्ञा, न सिल । त्यसैले व्यक्तिगत सुरक्षा अपनाउनेहरु सावधानीका साथ र असावधानीका साथ आउने भक्तजनहरुले मुख्य गरेर सिंहवाहिनी मन्दिर बढि गुल्जार देखिन्थ्यो भने अन्य मुख्य मन्दिर माईस्थान र नारायणस्थानमा भने न्यून संख्यामा उपस्थिति रहेको थियो । हेर्नुस केही तस्बीरहरु ।