Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित

ग्रीन इलाम ग्रीन इलाम
November 17, 2025
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
Share on FacebookShare on Twitter

इलाम, १ मंसिरः काकडभिट्टा सीमा नाकाबाट करिब ३० किलोमिटर उत्तर रहेको इलामको सलकपुर यतिबेला सुन्तलाको पहेँलो रौनकले झनै आकर्षक बनेको छ । परिपक्व सुन्तलाले भरिएका बगान हेर्न र बोटमै टिपेर स्वाद लिन दैनिक रुपमा पर्यटकको आगमन बढेको छ ।

रोङ गाउँपालिका–६ स्थित सलकपुरका करिब ९० हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आएको छ । बगानमा सुन्तलाका लटरम्म दाना टिपेर खान, फोटो–भिडियो खिच्न तथा टिकटक बनाउन आन्तरिक तथा बाह्य दुबै पर्यटक आउने गरेका छन् ।
स्थानीय ३० घरधुरीमा सञ्चालनमा रहेका घरवास (होमस्टे) हरू प्रत्येक शुक्रवार र शनिवार भरिभराउ हुने वडाध्यक्ष सत्यम राई बताउँछन् । उनका अनुसार दैनिक करिब १०० जति आन्तरिक पर्यटक सुन्तलाको मौसमी आकर्षण पछ्याउँदै सलकपुर आइपुग्छन् । झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका पर्यटक मात्र होइन, भारतका सिलगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् ।
सलकपुर, कुवापानी, जौबारीलगायतका क्षेत्र सुन्तला खेतीका लागि चिनिन्छन् । तीन दशकदेखि सुन्तला खेती गर्दै आएका मदन विमलीका अनुसार यस वर्ष तीन वर्षयताकै उत्कृष्ट उत्पादन भएको छ । आठ रोपनीमा फैलिएको बगानबाट प्रतिकेजी रु १३० मा बिक्री भइरहेको छ । “यसपाली व्यापारीलाई नदिई आफूले नै बारीमै बिक्री गर्छौं,” विमली भन्छन्, “यहाँ आउने पर्यटकले बोटमै टिपेर खान्छन्, पैसा पनि तिर्छन् ।”
उनका अनुसार यस वर्ष एक क्विन्टल सुन्तला बिक्री भइसकेको छ र यति नै परिमाण अझै बारीमा टिप्न बाँकी छ । पर्यटकलाई बगानमा प्रवेश गर्दा नियम पालना गर्नुपर्ने व्यवस्था राखिएको उनले बताए ।

सलकपुरका देवेन्द्र खड्का पनि १० रोपनीमा सुन्तला खेती गर्दै आएका छन् । उनी भन्छन्, “सुन्तला बगान र गुर्धुम डाँडाबाट देखिने सूर्योदय नै यहाँको मुख्य आकर्षण हो ।”
यस क्षेत्रका वरिष्ठ कृषक गौरीलाल लामा करिब २००४ सालतिर दार्जिलिङबाट आएर बसोबास गर्दै सुन्तला खेती सुरु गरेका थिए । अहिले भने पाल्पाबाट ल्याइने उन्नत जातका विरुवा प्रयोग गरी व्यावसायिक खेती भइरहेको छ । “झापाबाट व्यापारी आएर बोटमै सुन्तला किनेर लग्छन्, बजारको कुनै समस्या छैन,” लामा भन्छन् ।

सुन्तलासँगै अलैँची, अकबरे, अम्लिसो, महलगायतका बस्तु उत्पादनका लागि प्रसिद्ध सलकपुर अध्ययन तथा अवलोकनका लागि पनि चर्चित गन्तव्य बनेको छ । यहाँ उत्पादन हुने सुन्तला हरेक वर्ष भारतको कोलकातामा हुने सुन्तला महोत्सवमा समेत प्रदर्शन तथा बिक्रीका लागि लैजाने गरिएको छ ।

हलोखबर

ShareTweetPin
अघिल्लो समाचार

मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत

अर्को समाचार

पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता

अर्को समाचार
पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता

पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.