इलाम, १४ जेठ, स्वर्गीय पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवसको अवसरमा इलामस्थित विभिन्न संचार गृहहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । प्रेस संगठन इलामको आयोजनामा बुधबार आयोजित एक कार्यक्रममा क्रियाशिल संचार गृहहरुलाई मास्क र सेनेटाईजर प्रदान गरिएको हो । इलाममा रहेका नेपालवाणी एफएम, इलाम एफएम, चियाबारी एफएम, रेडियो बुद्धवाणी, फिक्कल एफएम, माङ्सेबुङ एफएम, इलाम पोष्ट देैनिक, इलाम एक्सप्रेस दैनिक, ग्रीन इलाम अनलाईन, नयाँबुलन्द अनलाईन, सन्दकपुर अनलाईन, निगरानी अनलाईन र माईपोखरी न्यूज अनलाईनलाई ति सामाग्रीहरु प्रदान गरिएको हो ।
सो कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, नेपाल कम्युनिष्ट पार्टी इलामका प्रचार विभाग प्रमुख नवराज शंकर, नेकपा इलाम जिल्ला कमिटि सदस्य जिवन ढुंगाना, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका उपाध्यक्ष सोम सुसेली, पत्रकार महासंघ इलाम शाखाकी अध्यक्ष कोकिला ढकाल लगायत संचार गृहका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रम प्रेस संगठन इलामका अध्यक्ष सुजन तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।