जेठ १३, इलाम : आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि. इलामले स्थानीय निकाय आकस्मिक कोषका लागि रु २५ हजारको चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष महेश श्रेष्ठ र उपाध्यक्ष प्रविन श्रेष्ठले इलाम नगरपालिकाले कोरोना राहतका लागि खोलिएको सो आकस्मिक कोषका लागि इलाम नगरपालिका प्रमुख महेश बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाभाईरसका कारण उत्पन्न जटिल परिस्थितिमा इलाम नगरक्षेत्रका अभावमा रहेका नागरिकलाई सहयोग गर्ने हेतुले कोषमा रकम दाखिला गरिएको अध्यक्ष श्रेष्ठले बताए । नगरक्षेत्रका सहकारी संस्थाहरुको सञ्जालले इलाम नगरपालिकाको स्थानीय निकाय आकस्मिक कोषमा आर्थिक सहयोग गर्ने शनिबार निर्णय गरेको थियो । चेक बुझेपछि धन्यबाद पत्र प्रदान गर्दै नगरप्रमुख बस्नेतले लकडाउनको अवधिको विषय टुङ्गो नलागेको र परिस्थति अझै विग्रदै जान पनि सक्ने भएकोले कोरोना विरुद्धको लडाईमा सहकारीकर्मीहरु एकजुट हुनुपर्ने बताए । लकडाउनका कारण बनेको परिस्थितिमा इलाम नगरक्षेत्रका शेयर सदस्यहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरि सहकारीले राहका कार्यक्रम समेत ल्याईसकेको संस्थाका उपाध्यक्ष प्रविन श्रेष्ठले बताए ।