२७ साउन, इलाम : इलाम अस्पताललाई एण्टिजेन किट अभाव भएको अवस्थामा सहयात्रा नेपालले अस्पताललाई ३५० थान किट उपलब्ध गराएको छ । सहयात्रा नेपालले किटका साथै ५० थान डिस्पोजेबल पिपिई सेट र ४ थान सक्सन मेसिन उपलब्ध गराएको हो ।
सहयात्रा नेपालकी अध्यक्ष गंगा शिवा र इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले ती स्वास्थ्य सामाग्री अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रभु शाहलाई हस्तान्तरण गरेका थिए । टेवा नेपालको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सहयात्राले इलाम अस्पताललाई ती सामाग्री उपलब्ध गराएको शिवाले बताईन् । मेसु डाक्टर शाहले सामाग्री उपलब्ध गराउने संस्थालाई धन्यबाद ज्ञापन गर्दै अस्पतालमा अझै पनि एण्टिजेन किट उपलब्ध गराउने सहयोगी हातको खाँचो रहेको बताए । हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापक क्षितिज खतिवडा, अधिकृत कुलप्रसाद देवान, ६ नं. वडा सदस्य सानु दास, संस्थाका सविता पाण्डे, प्रमिला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।