
इलाम, २४ वैशाखः बुधबार बसेको मन्त्रीपरिषदको बैठकले जारी लकडाउनलाई आगामी जेठ ५ गते सम्म लम्बयाउने निणर्य गरेको छ । गत चैत ११ गते देखि जारी लकडाउनको समय भोलि बिहीबार समाप्त हुदैछ । २३ गते मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली सहित बसेको कोरोना रोकथाम तथा उचच स्तरीय समितिको बैठकमा लकडाउनलाई निरन्तरता दिने विषयमा जोड दिएको थियो । हाल सम्म नेपालमा ८२ जना कोरोना संक्रमित रहेको छ ।