Monday, November 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह पत्रपत्रिकाबाट

राष्ट्रपति ट्रम्प लकडाउन खुलाउने तयारीमा

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र पत्रपत्रिकाबाट
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन खुलाउने तयारीमा रहेको खबर आजको नयाँपत्रिकाले लेखेको छ ।

नयाँपत्रिकामा लेखिएको छ:
वासिङ्टनस्थित राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीबार नियमित कार्यक्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको आक्रामक रणनीतिले काम गरिरहेकाले छिट्टै लकडाउन खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन् । यसका लागि सम्बन्धित राज्यका गभर्नरसँग छलफल भइरहेको राष्ट्रपति ट्रम्पले बताए ।

अमेरिकामा छिट्टै लकडाउन समाप्त हुने ट्रम्पले बताए पनि यहाँ कोरोना भाइरस नियन्त्रणमा आएको छैन । बिहीबार मात्र अमेरिकामा थप ३० हजार व्यक्ति संक्रमित भएको जनाइएको छ । होपकिंग्स विश्व विद्यालयका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकामा २६ सय व्यक्तिले ज्यान गुमाए । यहाँ ६ लाख ४४ हजार ८९ जना संक्रमित भएका छन् । अमेरिकामा भाइरसबाट २८ हजार ५ सय २९ व्यक्तिको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा २६ सय जनाले ज्यान गुमाए पनि राष्ट्रपति ट्रम्प कोरोना भाइरसविरुद्धको आक्रामक रणनीतिले काम गरिरहेकाले लकडाउन खुलाउने प्रयासमा छ ।

न्युयोर्क सहरमै मात्र ११ हजार ५ सय ८६ व्यक्ति कोरोना भाइरसका कारण नै निधन भए । यस्तो भयावह अवस्थाविरुद्ध अमेरिका युद्ध लडिरहेको राष्ट्रपति ट्रम्पले बताए । ‘सम्भवतः कोरोना भाइरसको नराम्रो दिन समाप्त हुँदै छ, कोरोनाविरुद्ध हामीहरूको आक्रामक रणनीतिले काम गरिरहेको छ,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिलेको डाटाअनुसार अमेरिकामा धेरै संक्रमित छन्, तर यो संख्या छिट्टै समाप्त हुनेछ ।’

राष्ट्रपति ट्रम्पले अर्थ व्यवस्था सुधार्न नयाँ गाइडलाइन अपनाउनुपर्ने बताए । यही गाइडलाइनअनुसार नै अमेरिकामा लकडाउन खुल्न सक्ने उनको विश्वास छ । राष्ट्रपति ट्रम्पले तीन चरणअनुसार लकडाउन खुल्न सक्ने विश्वास दिलाएका छन् । ‘ओपनिङ अप अमेरिका अगेन’ अर्थात्, फेरि अमेरिका खुला हुनेछ । यही सन्देशका साथ आफू अमेरिकामा जारी लकडाउन खुलाउने प्रयासमा रहेको उनको भनाइ छ ।
राष्ट्रपति ट्रम्पका अनुसार सुरुमा स्कुल र अफिस खुल्नेछन् । यो पहिलो चरण कम्तीमा १४ दिनको हुनेछ । ‘तीन चरणमा लकडाउन खुल्नेछ, सम्बन्धित राज्यका गभर्नरले ती नियम पालनाअनुसारै लकडाउन हटाउनेछन्,’ ट्रम्पले भने । ट्रम्पको पहिलो चरणमै स्कुल र अफिसमा सोसिएल डिस्ट्यान्स लागू हुनेछ । दोस्रो चरणमा यही नियम राज्यमा लागू गरिनेछ । दोस्रो चरणमा ५० भन्दा कम व्यक्ति मात्र जम्मा हुन पाउनेछन् ।

पहिलो र दोस्रो चरणको सफलतापछि तेस्रो चरणमा अफिस खुल्नेछन् । ट्रम्पले आफूले लामो समयसम्म अर्थ व्यवस्था बन्द गर्न नसक्ने स्पष्ट पारे । ‘हामी अमेरिकाको अर्थ व्यवस्था लामो समयसम्म बन्द गर्न सक्दैनौँ, यसलाई छिट्टै खुलाउनुपर्छ,’ उनले भने । यसैबीच राष्ट्रपति ट्रम्पले सबै राज्यका गभर्नरसँग छलफल गरेको जानकारी दिएका छन् । सम्बन्धित राज्यका गभर्नरसँग नागरिकमाथि लगाइएको प्रतिबन्ध हटाउने अधिकार भएको ट्रम्पले बताए ।

‘मैले नागरिकमाथिको प्रतिबन्ध हटाउने सबै जिम्मेवारी गभर्नरलाई दिएको छु,’ उनले भने, ‘ह्वाइट हाउसले केवल निर्देशन मात्र दिन्छ ।’ गभर्नरहरूलाई ह्वाइट हाउसबाट चाहिने सबै सहयोग प्राप्त हुने उनले विश्वास दिलाएका छन् । ‘तपाईंहरू आफूलाई लागेकोजस्तो निर्णय गर्न सक्नुहुन्छ, ह्वाइट हाउसबाट आवश्यक पर्ने सबै सहयोग प्राप्त हुन्छ,’ ट्रम्प भन्छन् । यसैबीच राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफूहरूलाई तयारी गर्न समय नदिएको आरोप लगाएका छन् ।

‘डब्लुएचओले हामीलाई कोरोनाविरुद्ध लड्न समय नै दिएन,’ ट्रम्पको भनाइ छ, ‘अमेरिकालाई मात्र नभएर डब्लुएचओले विश्वलाई भाइरससम्बन्धी पहिला नै जानकारी दिनुपर्ने थियो ।’ यता डब्लुएचओले जनवरी महिनामा अमेरिकालाई कोरोना भाइरसबाट हुन सक्ने नोक्सानीबारे जानकारी गराएको दाबी गरेको छ । जनवरीमा अमेरिकाले चीनसँगको सबै हवाई सम्बन्ध विच्छेद गरेको थियो । मार्चमा अमेरिकाले भाइरसलाई हल्का रूपमा लिएको आरोप डब्लुएचओको छ ।

ShareTweetPin
अघिल्लो समाचार

साहारा नेपालले इलामका स्थानीय निकाहरुलाई राहत उपलब्ध गरायो

अर्को समाचार

लकडाउन अवधिभर इन्टरनेट सेवा काट्न नपाइने

अर्को समाचार

लकडाउन अवधिभर इन्टरनेट सेवा काट्न नपाइने

Leave a ReplyCancel reply

Recent Posts

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.