Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामका सबै वडामा केन्द्रीय प्रसारणको विद्युत् विस्तार

ग्रीन इलाम ग्रीन इलाम
September 1, 2023
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम । पूर्वीनेपालको पहाडी जिल्ला इलामको सबै क्षेत्रमा यसै वर्ष विद्युत् विस्तार हुने भएको छ । दसवटा पालिका रहेको इलाममा ८१ वडा रहेका छन् । यस वर्ष केन्द्रीय प्रसारणको विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले जानकारी दिनुभयो ।

‘अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्,’ उहाँले भन्नुभयो, ‘बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ, अहिले सबै स्थानमा आवश्यक सामग्री पठाइसकिएको छ, केही महिनाभित्रमा इलामेली सबैले केन्द्रीय प्रसारणको बिजुली प्रयोग गर्न पाउनुहुनेछ ।’

जिल्लाभर उज्यालो बनाउने योजना अनुरूप सबै क्षेत्रमा विद्युत् पुर्याउने लक्ष्य राखेर विद्युतीकरणको काम तीव्र बनाइएको प्रमुख यादवको भनाइ छ । उहाँका अनुसार मुख्य गरी विद्युत् नपुगेका जिल्लाको विकट भूगोल बाझो, साकफारा, लुम्दे क्षेत्रका गाउँपालिका फाकफोकथुम, माङ्सेबुङ र चुलाचुलीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । उक्त क्षेत्रमा विद्युतीकरणका लागि धेरै काम बाँकी नरहेको उहाँले बताउनुभयो ।

पहाडी क्षेत्र, त्यसमा पनि कठिन भूगोलका कारण बाटोको समस्याले विद्युत् वितरण गर्न समस्या देखिए पनि धेरै स्थानमा तार, पोल पुर्याउने काम सकिएकाले मिटर जडानको काममात्रै बाँकी रहेको बताइएको छ । ‘नयाँ बस्ती थपिँदै जाँदा थप काम रहन्छ नै, तर भएका हालका हरेक क्षेत्रमा जतिसक्दो चाँडो केही महिनाभित्रै विद्युत् पुर्याउन हामी केन्द्रित छौँ,’ प्रमुख यादवले भन्नुभयो, ‘अहिले पनि पालिकाका विभिन्न स्थानमा तार पोल पुर्याइएको छ, चाँडै बत्ती बाल्ने काम हुन्छ ।’ अहिले केही स्थानमा लघु जलविद्युत्, सौर्य ऊर्जाबाट विद्युत् प्रयोग भइरहेकोे छ ।

जिल्लाभर एकै स्थानबाट लाइन विस्तार हुँदा लामो दूरीबाट ल्याएको विद्युत्मा विभिन्न समस्या झेल्नुपरिरहेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा निर्माणाधीन सबस्टेसनको कामलाई समेत अहिले अगाडि बडाइएको प्रमुख यादवको भनाइ छ । यो निर्माण सम्पन्न भएपछि जिल्लामा विद्युतीकरणमा थप सहजता मिल्ने उहाँले बताउनुभयो । यस्तै, जिल्लाकै दुई स्थानमा नयाँ विद्युत् सबस्टेसन निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको उहाँले बताउनुभयो ।

हाल जिल्लामा इलामको फिक्कल र सदरमुकामको तिलकेनीमा मात्र सबस्टेसन रहेका छन् । यी दुई स्थानबाट जिल्लाभर विद्युत् सञ्चालन भइरहेकाले बेला–बेला बिजुली बन्द हुने समस्या इलामेलीले भोग्नुपरिरहेको समेत उहाँले बताउनुभयो । जिल्लाभर पाँच स्थानमा सबस्टेसन निर्माण भएपछि यी सबै समस्याको हल हुने यादवको भनाइ छ ।

जिल्लामा अहिले लघु जलविद्युत्बाट विद्युत् वितरण भएका क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन पुर्याउने, आवश्यकता अनुसार नयाँ ट्रान्सफर्मर वितरण, तार पोल पुर्याउने, हाल विद्युत् बाँडिएका क्षेत्रमा विद्युत्को  क्षमता बढाउनेलगायतका काम भइरहेको कार्यालयले जनाएको छ । यसले जिल्लाको समग्र विद्युत् वितरणलाई हिउँद बर्खा नै प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।

काठका पोल हट्दै
नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले जिल्लामा प्रयोग भएका सबै काठका बिजुली पोल विस्थापित गर्ने भएको छ । जिल्लाभर विद्युत् लाइन विस्तारका लागि प्रयोग भएका सबै काठेपोल आगामी दुई वर्षसम्ममा विस्थापित गरी स्टिल पोल राखिने भएको हो । इलाम वितरण केन्द्रका केन्द्र प्रमुख बिजली यादवका अनुसार हाल इलाम जिल्लामा प्रयोग भएका काठका करिब साढे ६ हजार काठेपोल विस्थापन गर्न कार्यालयबाट काम भइरहेको बताउनुभयो ।
ईहिमालय टाईम्समा खबर छ ।

ShareTweetPin
अघिल्लो समाचार

ब्याटमिन्टन प्रशिक्षण सम्पन्न

अर्को समाचार

वैदेशिक रोजगारीबाट फर्केर सन्दकपुरका युवा व्यावसायिक चौँरीपालनमा

अर्को समाचार

वैदेशिक रोजगारीबाट फर्केर सन्दकपुरका युवा व्यावसायिक चौँरीपालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.