Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोनाविरुद्धको लडाइँमा ‘हिरो’ महिलाहरु

ग्रीन इलाम ग्रीन इलाम
April 19, 2020
भित्र कोरोना अपडेट, विश्व
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

कोरोना भाइरस नियन्त्रण संसारभरका वैज्ञानिक मात्र होइन, शक्तिशाली राष्ट्र र सरकार प्रमुखका लागि बनेको ठूलो चुनौतीलाई व्यवस्थित रुपमा सम्हाल्दै केही महिलाले विश्वमा आफूलाई चिनाउन सफल भएका छन्।

जनताको स्वास्थ्यप्रति संवेदनशीलता, आपतकालीन अवस्थालाई व्यवस्थापन गर्ने कुशल रणनीति र दुरगामी सोचाइकै कारण यी महिलाले नेतृत्व गरेको मुलुकमा कोरोना भाइरसले तुलनात्मक रुपमा कम क्षति गरेको छ।

फलस्वरुप ती नेतृहरु आफ्नो देशमा त ‘हिरो’ नै बनेका छन् भने फोर्ब्स म्यागाजिनले पनि उत्कृष्ट महिलाको सूचीमा समावेश गरेर उनीहरुको योगदानलाई विश्वव्यापी बनाएको छ। कोरोनासँग जुध्न व्यवस्थित रुपमा रणनीति बनाउन सफलता हात पार्ने केही नेतृहरु:

एन्जेला मार्केल : जर्मन चान्सलर

कोरोना भाइरसको महामारीबाट अहिलेसम्म युरोप सबैभन्दा प्रभावित छ। यसमध्ये इटाली, स्पेन, फ्रान्स निकै प्रभावित छन्। छिमेकी मुलुक जर्मनी पनि महामारीबाट अछुतो छैन।

अन्य देशको तुलनामा जर्मनीको मृत्युदर कम छ। त्यसैले यतिबेला कोरोनाविरुद्ध लड्न जर्मन चान्सलर एन्जेला मार्केको रणनीतिको संसारभर प्रशंसा भइरहेको छ। महत्त्वपूर्ण कुरा त के भने उनले अहिलेसम्म लकडाउन शब्दको प्रयोग गरेकी छैनन्।

तर देशमा कोरोनाको संकट देखापर्नासाथ जनतासँग भनेकी थिइन्, ‘सावधानी नअपनाएमा ६० प्रतिशत जनसंख्या संक्रमित हुन सक्नेछन्। तपाईंहरु घरमै बस्नुहोस्, मैले बुझेकी छु, स्वतन्त्रता कति आवश्यक छ भन्ने कुरा।’

उनको यो भनाइले जनतलाई कोरोना भाइरसबाट सजग बन्न रामवाणकै काम गर्यो। घरबाट काेही बाहिर निस्किएनन्। सामाजिक दुरीकाे पालना गरे।

जर्मनीमा १३० हजारभन्दा बढी संक्रमित छन् भने ३२ सयभन्दा बढीको ज्यान गएको छ। यो तथ्यांक संक्रमित अन्य युरोपेली राष्ट्रको तुलनामा कम मानिन्छ।

त्साई इंग वेनब : ताइवान (राष्ट्रपति)

चीनमा कोरोना भाइरस संक्रमण हुन थाल्दा धेरैलाई शंका थियो ताइवान पनि अब महामारीमा फस्नेछ। तर ताइवानकी राष्ट्पति त्साई इंग वेनबले सुरुमै चीन, हङकङ र मकाउबाट आफ्नो देशमा मानिसलाई आउन प्रतिबन्ध लगाइन्। देशमा लकडाउन गरिन्।

फलस्वरुप त्यहाँ संक्रमणले महामारीको रुप लिन पाएन। अहिले त करिबकरिब नियन्त्रणमा आइसकेको छ। त्यति मात्र होइन, उनले अहिले युरोप र अमेरिकालाई सहयोगस्वरुप लाखौं संख्यामा मास्क पठाइरहेकी छन्। ताइवानमा लगभग चार सयलाई कोरोना भाइरस संक्रमण भएको छ भने ६ जनाको निधन भएको छ।

जेसिन्डा आर्डर्न : न्युजिल्यान्ड (प्रधानमन्त्री)

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले मार्च १४ मा घोषणा गरिन्– ‘देशमा प्रवेश गर्ने कुनै पनि व्यक्ति दुई साता सेल्फ क्वारेन्टाइनमा बस्नैपर्छ।’ त्यतिबेला न्युजिल्यान्डमा ६ जनालाई कोरोना संक्रमण भएको थियो।

जब १०० जनामा संक्रमण देखियो अनि उनले लकडाउन घोषणा गरिन्। विदेशबाट आउन प्रतिबन्ध लगाइन्। त्यहाँ अहिले १३ सयभन्दा बढीलाई संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ९ पुगेको छ।

मेट फ्रेडेरिक्सन : डेनमार्क (प्रधानमन्त्री)

डेनमार्ककी अहिलेसम्मकै कान्छी प्रधानमन्त्री फ्रेडेरिक्सनले मार्च सुरुमै कोरोना भाइरस संक्रमण हुन नदिन कडा कदम चालिन्। १४ मार्च त उनले देशको सबै नाकामा सिलबन्दी गरिदिइन्। त्यसपछि तीव्र परीक्षण र निगरानीमा जोड दिइन्।

डेनमार्कमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६५ सय पुगेको छ भने ३ सयको मृत्यु भएको छ।

 क्याटरिन ज्याकोब्स्तोतिर : आइसल्यान्ड (प्रधानमन्त्री)

अरु देशमा संक्रमणले धेरै गाँजिसक्दा पनि परीक्षण सुस्त नै थियो तर आइसल्यान्डकी प्रधानमन्त्री ज्याकोब्स्तोतिरले तत्काल धेरैभन्दा धेरैलाई परीक्षणको दायरामा ल्याइन्। जनतालाई कोरोना भाइरस परीक्षण निःशुल्क गरिन्।

त्यसपछि देशमा संक्रमणको दरमा कमी आयो र थोरै मानिसको मात्र निधन भयो। आइसल्यान्डमा लगभग १७ सय जना संक्रमित छन् भने ८ जनाको निधन भएको छ।

मेरिलिन एडो : वैज्ञानिक

कोरोना भाइरसको महामारी यसको खोप पत्ता नलगाएसम्म अन्त्य नहुने निश्चित छ। जर्मन सेन्टर फर रिसर्च न्फेक्सनकी प्राध्यापक मेरिलिन एडो नेतृव्वकाे टाेली  यो काममा सक्रियतासाथ जुटेकी छन्।

५० वर्षीया एडोले यसअघि मार्स र रुबेला भाइरसविरुद्धको खोप अनुसन्धानमा पनि काम गरिसकेकाले उनको यो अभियानले सार्थकता पाउनेमा धेरै विश्वस्त छन्।

(एजेन्सीहरूकाे सहयाेगमा)

ShareTweetPin
अघिल्लो समाचार

कोरोना संक्रमण दोस्रो चरणमै

अर्को समाचार

भारतमा कोरोना भाइरसको रफ्तारमा ४० प्रतिशत कमी

अर्को समाचार
Pc: Kalinga

भारतमा कोरोना भाइरसको रफ्तारमा ४० प्रतिशत कमी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.