Saturday, April 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पूर्वका किसानले डिडिसीलाई बेच्न छाडे दूध

राजु अधिकारी

ग्रीन इलाम ग्रीन इलाम
August 24, 2022
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ८ भदौः एउटा समय थियो, पूर्वी नेपालका बहुसंख्यक दूध उत्पादक किसान  विराटनगरस्थित दुग्ध विकास संस्थान (डिडिसी) को दुग्ध वितरण आयोजनालाई दूध बेच्न चाहन्थे। आयोजना भने सबै किसानबाट दूध लिँदैन थियो। आयोजनाका कर्मचारी उल्टै किसानलाई थर्काउँथे, ‘सबैको दूध हामी मात्र किन्न सक्छौं? अन्तै बेच्नू।’ गाडी लिएर दूध लिन घरघरै पुग्ने आयोजनालाई दूध बेच्न पाए लगानी सुरक्षित हुने विश्वास किसानलाई थियो। त्यसैले किसान मरिहत्ते गर्थे। आयोजनाका कर्मचारी भने किसानबाट रोजीरोजी दूध उठाउँथे। आयोजनालाई दूध बेच्न पाएका दिन किसान खुसी हुन्थे। तीन वर्ष अघिसम्म अवस्था यस्तो थियो। अहिले यो दृश्य पूरै फेरिएको छ।

विराटनगरस्थित सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनालाई अचेल दूध पाउनै मुश्किल पर्ने गरेको छ। अहिले आयोजनालाई दूध बेच्न चाहनेभन्दा नबेच्ने किसानको संख्या धेरै छ। आयोजनाका कर्मचारीलाई दूध लगिदिन आग्रह गर्ने किसान अहिले पछि हटेका छन्। दूधका लागि किसानसँग आयोजनाले आग्रह गर्ने गरेको छ। ‘पहिले पहिले हामी डिडिसीलाई दूध दिन मरिहत्ते गर्थ्यौं,’ इलामको सूर्योदय नगरपालिका–२ का किसान आशबहादुर राईले भने, ‘अहिले हामीले दिन छाडेका छौं। म आफैं पनि दिनको ४०–५० लिटर दूध डिडिसीलाई बेच्थेँ। अहिले उसलाई बेच्न छाडेको छु।’ आशबहादुरले पाँच वटा गाई पालेका छन्। उनको आम्दानीको एउटा मुख्य स्रोत दूध नै हो। उनका अनुसार डिडिसी मातहतको दुग्ध वितरण आयोजनाले तीन महिनासम्म दूधको भुक्तानी नगर्ने, अनेक खोट देखाएर कहिले लिने र कहिले नलिने गर्न थालेपछि किसान बिच्किए। ‘एकातिर बजारभन्दा कम मूल्य पाइने, अर्कोतिर डिडिसीले भुक्तानी नै तीन चार महिनापछि मात्रै गर्न थाल्यो,’ आशबहादुरले भने, ‘दैनिक खर्च दूधबाट चलाउने किसानका लागि राम्रो भएन।’

अर्को कारण पनि छ। पछिल्लो समयमा गाउँ-गाउँमा खुलेका सहकारीहरूले डेरी स्थापना गरेका छन्। डेरीहरूले गाउँमै दूध संकलन गर्ने र किसानलाई छिटोमा हप्ता दिनमा र ढिलोमा महिना दिनमै दूधको पैसा भुक्तानी गर्छन्। किसान आफैं छुर्पी, घिउ जस्ता परिकार बनाएर बेच्न थालेका छन्। दूध उत्पादक किसानहरूका अनुसार डिडिसीको आयोजनाले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म दिने गरेको छ। किसानले स्थानीय बजारमा दूध बेच्दा बढी मूल्य पाउने गरेका छन्। आफैं छुर्पी र घिउ बनाउनेले त नाफा पनि धेरै गर्न थालेका छन्। किसानहरूका अनुसार जनविश्वास आर्जन गरेर राम्रो सेवा दिनुपर्ने र उत्पादन विविधिकरण गरेर बजार विस्तार गर्नुपर्ने सरकारी संस्थान उल्टै किसानलाई दुःख दिन्छ, र समयमा भुक्तानी पनि गर्दैन।

‘सरकारी संस्थाहरूको बेहालको चित्र डिडिसीले पनि देखाएको छ,’ इलामकै दूध उत्पादक किसान धनपति दुलाल भन्छन्, ‘हिजो डिडिसीलाई दूध दिन तँछाडमछाड हुन्थ्यो। अहिले उसलाई दूध दिन कोही चाहँदैन।’ उनले भनेजस्तै अवस्था विराटनगरको दुग्ध वितरण आयोजनामा देखिन्छ। तीन चार वर्षअघिसम्म आयोजनाले दैनिक ४० हजार लिटर दूध संकलन गर्थ्यो। अहिले दैनिक मुश्किलले १० हजार लिटर संकलन गर्छ। कोरोना महामारीको बेलामा त आयोजनाले दैनिक एक लाख लिटरमात्र दूध संकलन गरेको रेकर्ड थियो। तर दूध उत्पादक किसानको विश्वास दुग्ध विकास संस्थानले कायम राख्न सकेन। अहिले दूध नै नपाउने अवस्थामा पुगेको छ।

प्रदेश सरकारले पाउडर प्लान्ट चौबीसै घण्टा चलाउन सक्ने गरी स्तरोन्नति गर्न र नयाँ आइस बैंक स्थापना गर्न डिडिसीको विराटनगर आयोजनालाई पाँच करोड रुपैयाँ दिएको थियो। दूध संकलन बढ्ने अनुमान गरेर पाउडर प्लान्टको स्तरोन्नति गरेको विराटनगर आयोजना आजभोलि बजारमा दूधको न्यूनतम मागसमेत पूरा गर्न नसक्ने अवस्था भएको छ। बजारको माग धान्ने त परको कुरा, डिडिसीले अहिले पनिर उत्पादन बन्द गरेको छ। विराटनगरमा मात्रै कम्तीमा दैनिक पाँच सय केजी पनिर बिक्री हुने गरेको थियो। संस्थानले तीन महिनादेखि बजारमा घिउ पठाउन सकेको छैन। मोही, फ्रेस मिल्क, मिल्क ह्वाइटनर लगायतका लोकप्रिय उत्पादन पनि बन्द गरेको छ।

दुई वर्ष अघिसम्म पाउडर दूध र बटर भण्डारण गर्ने ठाउँको अभाव व्यहोरेको डिडिसीले अहिले निजी उद्योगबाट पाउडर र बटर खरिद गरेर आफ्नो बजार धानेको छ। डिडिसीले दूधको बजार बिस्तार गर्न ह्वाइट मिल्क उत्पादन गरेर नेपाली सेनालाई बेच्न थालेको थियो। बजारमा चिसो पेय पदार्थको विकल्पमा फ्रेस मिल्कको उपलब्धता बढाएको थियो। रसबरी, लालमोहन र पेडा उत्पादन गरेर उत्पादन विविधीकरण गरेको थियो।

अहिले ती सबै उत्पादन बन्द छन्।

डिडिसीको विराटनगर आयोजनाको पाउडर प्लान्ट नचलेको पाँच महिनाभन्दा बढी भएको छ। आयोजनाले अहिले काँचो दूधको चरम अभाव झेलिरहेको त्यहाँका अधिकारीले स्वीकार गरेका छन्।  ‘हामीलाई यति बेला काँचो दूधकै ठूलो अभाव छ। यस्तो बेलामा पाउडर प्लान्ट चलाउने कुरा भएन,’ विराटनगर आयोजनाका प्रमुख परमेश्वर चौधरीले भने, ‘पाउडर प्लान्ट चलाउन हामीलाई पर्याप्त दूध चाहिन्छ तर हामीसँग छैन।’ प्रदेश एकमा सबैभन्दा धेरै दूध उत्पादन हुने जिल्ला इलाम हो। इलामबाट कम्तीमा दैनिक १२ हजार र बढीमा २० हजार लिटरसम्म दूध पाउने आयोजनाले अहिले मुश्किलले तीन हजार लिटर पाउँछ। अन्य जिल्लाबाट आउने दूधको परिमाण पनि घटेको छ। यसरी चौतर्फी असफताको सामना गरिरहेको र जनविश्वास पनि गुमाउन थालेको डिडिसीको विराटनगर आयोजनाले सुधारका लागि कुनै काम गरेको छैन। चौधरीलाई भने किसानले विश्वास नगरेका हुन् भन्ने लागेको छैन।

उनी भन्छन्, ‘छुर्पी उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्न थालेपछि त्यसको असर हामीलाई परेको हो।’ ती किसानलाई डिडिसीतर्फ आकर्षित गर्न आयोजना के गर्दै छ भन्ने कुरामा चौधरी मौन रहे। आयोजनाबाट किसानले असार एक गतेयताको दूधको पैसा पाएका छैनन्। कतिपय किसानले त जेठकै पैसा पाएका छैनन्। ‘पोहोर पनि डिडिसीले पाँच महिना झुलायो,’ इलाम नगरपालिका–४ की इन्दिरा लिम्बुले सेतोपाटीसँग भनिन्, ‘यसपालि पनि जेठदेखि दिएको छैन। हामीले दूध गाउँकै सहकारीलाई दिन थालेका छौं।’ आयोजना प्रमुख चौधरीले भदौ १५ यता भुक्तानी दिने अवस्था नरहेको बताए। दुग्ध वितरण आयोजनाका केही कर्मचारीका अनुसार नेतृत्वको कमजोरीका कारण डिडिसीले सर्वसाधारणको विश्वास गुमाउँदै गएको हो। ‘बजारमा तीव्र प्रतिस्पर्धा छ। किसानलाई राम्रो सेवा दिएर व्यापार गर्ने लक्ष्यले खोलिएको संस्थान व्यापारमा मात्रै केन्द्रित भयो, सेवातिर ध्यान नै गएन,’ आयोजनाका एक कर्मचारीले भने, ‘किसानलाई विश्वास दिलाउनै नसकेर अहिले दूध अभावको समस्या भोग्नु परेको हो।’ आफ्ना धेरै उत्पादन बन्द गरेपछि किसानलाई भुक्तानी गर्ने पैसा नभएको ती कर्मचारीको भनाइ छ।

सेतोपाटीबाट

ShareTweetPin
अघिल्लो समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ, इलामको सूचना !!!

अर्को समाचार

समाजवादीले सिफारिस गर्यो इलामको उम्मेद्धारको नाम

अर्को समाचार

समाजवादीले सिफारिस गर्यो इलामको उम्मेद्धारको नाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.