Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

आलेख : चिया टिप्न पाउदा खुशी भए किसान

'उद्योगहरुले किसानको चिया खेर नजाओस् भनेर मात्र उठाउन थालेका छन्'

ग्रीन इलाम ग्रीन इलाम
April 19, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

टीका खतिवडा/रासस

७ वैशाख । देशैभरको बन्दाबन्दी (लकडाउन) का कारण बेला भएको चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका चिया किसान अहिले भने खुशी भएका छन् । उनीहरुले चिया टिप्न शुरु गरेका छन् र बिक्रीको व्यवस्था पनि भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले बन्दाबन्दी गरेपछि बन्द भएका इलामका चिया बगान र कारखाना शुक्रबारदेखि सञ्चालनमा आएसँगै किसानको चिया बिक्री पनि हुन थालेको छ ।

चिया टिप्न नपाएको चिन्ताले पिरोलिएका इलाम नगरपालिका–२ का चिया किसान मात्रिका खतिवडा अहिले खुशी देखिनुभएको छ । चिया टिप्न पाएपछि र बिक्री पनि शुरु भएपछि चिया खेर जाँदैन भनेर उहाँ खुशी हुनुभएको हो । तर खतिवडालाई चियाको पैसा कहिले आउँछ भन्ने चिन्ताले भने छोडेको छैन । खतिवडाले भन्नुभयो, “उद्योगहरुले किसानको चिया खेर नजाओस् भनेर मात्र उठाउन थालेका छन्, कतै उद्योगहरुले चियाको पैसा एक वर्षपछि दिने शर्तमा त कतै प्रचलित मूल्यभन्दा आधा रकममा खरिद गर्नेगरी चिया उठाउन शुरु गरेका छन् । पैसा कहिले आउने हो त्यो त थाहा छैन तर बेला भएको चिया टिप्न पाइयो, बिक्री पनि शुरु भयो थोरै भए पनि खुशी नै छौँ ।”

त्यस्तै देउमाई नगरपालिका–२ का किसान बालकृष्ण खतिवडाले पनि बगानबाट चिया टिप्दै इलाम नगरपालिका–१ स्थित साखेजुङमा रहेको प्रशोधन केन्द्रलाई दिन थालेको बताउनुभयो । तर भाउको कुरा नभएको उहाँको भनाइ छ । साखेजुङस्थित कञ्चनजङ्घा चिया प्रशोधन केन्द्रमा चिया बेच्न थाल्नुभएका उहाँलाई नजिकै रहेको साङ्ग्रिला चिया प्रशोधन केन्द्रले दिएको दर नघटाउने शर्त राखिएको छ ।

सूर्योदय नगरपालिकाको पहलमा चिया नगरभित्र रहेका चिया उद्योग तथा कारखाना पनि खुलेका छन् । उद्योगी, व्यवसायी र चिया किसानबीच भएको छलफलपछि चिया टिप्ने र कारखानालाई दिने सहमति भएको हो । तर उच्च सुरक्षा अपनाएर मात्र चिया टिप्ने र कारखाना सञ्चालन गर्ने सहमति भएको हो । टिप्ने बेला भएको चिया टिप्न नपाएर छिप्पिने र कतै यसै खेरजाने व्यापक गुनासो किसानको आएपछि बन्दाबन्दीको तीन हप्तापछि यस्तो सहमति भएको बताइएको छ ।

केही दिनअघि सूर्योदय नगरपालिकाले कोरोना भाइरसबाट बचेर काम गर्न १८ बुँदे सुरक्षा रणनीति अपनाएर चिया बगान र उद्योगमा काम गर्नसक्ने अपिल जारी गरेको थियो । नगरको उक्त १८ बुँदे सुरक्षा रणनीतिका विषयमा सूर्योदय टि प्रोड्युसर्स एशोेसिएसनले सहमति जनाउँदै सुरक्षा अपनाएर चिया बगान र कारखाना खोल्न तयार भएसँगै बगान र कारखाना सञ्चालनमा आएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । कारखानाले अब चिया प्रशोधनको कामसमेत थालेका छन् ।

चिया बगान सञ्चालन गर्ने सहमति भएसँगै चिया क्षेत्रमा संलग्न किसान खुशी भएका छन् । चियाको राजधानीका रुपमा चिनिने सूर्योदय नगरपालिकाका चिया बगानमा किसान र उद्योगले स्वास्थ्यसम्बन्धी उच्च सुरक्षा अपनाएर काम गर्न थालेका छन् । सूर्योदय टि प्रोड्युसर्स एशोसिएसनका अध्यक्ष पुनम बान्तवा राईले लामो समय फस्ट फलस ९पहिलो टिपाई० को चिया खेरजाँदा किसान र उद्योगलाई अरबौँ रुपैयाँ घाटा हुने भन्दै चिया बगान र कारखाना सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार हाल काम गर्न आउने कर्मचारीको ज्वरो परीक्षण गरेर मात्र कारखानाभित्र प्रवेश गर्ने गरिएको छ । हाल प्रशोधनको काम मात्र गरिएको र ‘प्याकिङ’ र ‘ग्रेडिङ’को काम भने पछि लकडाउन सकिएपछि मात्र गरिने उहाँले जानकारी दिनुभयो । सूर्योदय टि प्रोड्युसर्स एशोसिएसन नगरभित्र रहेका चिया उद्योगको छाता सङ्गठन हो । यसमा निजीस्तरबाट सञ्चालित ५३ वटा चिया उद्योग आबद्ध छन् ।

लकडाउनका कारण चिया टिप्न नपाएपछि इलामका चिया बगानमा पहिलो टिपाइ गरिसक्नुपर्ने चिया पनि बोटमै हुर्किरहेको अवस्थामा प्रदेश नं १ सरकार र सूर्योदय नगरपालिकाको पहलमा चिया टिप्नका लागि स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड तयार पारिएको छ ।

इलाममा चियाको पहिलो टिपाइ शुरु भइसक्दा पनि कोरोना सङ्क्रमणपछि गरिएको लकडाउनका कारण चिया टिपाइ हुन सकेको थिएन । ‘सिजन’को चिया बगानमै हुर्किएपछि उद्योगी व्यवसायीले समेत चिया क्षेत्रमा जोखिम कम गरेर बगान र कारखाना सञ्चालन गर्न माग गर्दै आएका थिए ।

नगरपालिकाले १८ वटा बुँदामा सचेत भएर मात्र किसान, उद्योगी र व्यापारीलाई चिया टिप्ने र कारखानामा लैजाने काम गर्न मापदण्ड तयार पारेको छ । नगरले चिया टिप्न जाँदा प्रत्येक चार÷चार बुटाबीचको सामाजिक दूरी कायम गरेर मात्र चिया टिप्न पाउने निर्णय गरेको छ । नगरप्रमुख राईले नगरले बनाएका मापदण्ड पालना गरे÷नगरेको वडा कार्यालयको पहलमा अनुगमन गरिएकोे बताउनुभयो ।

नगरले चिया टिप्ने किसान, मजदुर, उद्योगीले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउने तथा समय समयमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । चिया टिप्ने र चिया बगान तथा क्षेत्रमा काम गर्ने मजदुरले खाजा पानीसमेत घरबाटै लानुपर्ने नियम नगरपालिकाले बनाएको छ । दिउँसो २ बजेसम्ममा किसानले चिया टिपेर सङ्कलन केन्द्रमा लैजानुपर्ने र सङ्कलन केन्द्रले साँझ ४ बजेसम्ममा उद्योगमा पु¥याइसक्नुपर्ने छ ।

किसान र उद्यागले चिया ढुवानी गर्दा एक बोरामा ३० किलोग्रामसम्म मात्र राख्नुपर्ने, कारखानामा तीनजना र ढुवानी गर्ने सवारी साधनमा दुईजना मात्र मजदुर राख्नुपर्ने, श्रमिक र कामदारको विवरण अनिवार्य वडामा बुझाउनुपर्ने र समय समयमा कामदारको स्वास्थ्य परीक्षण गराइरहनुपर्ने नगरले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । इलाम बजारमा रहेको चिया बगान, माई नगरपालिका र देउमाई नगरपालिका तथा जिल्लाभर सञ्चालनमा रहेका चिया कारखाना तथा बगानमा लकडाउनकै समयमा पनि काम गर्ने वातावरण निर्माण गरिएको छ ।

सिजनको शुरुको अर्थात् फस्ट फलसको चियाको मूल्य कारखानाले पनि बढी नै दिने गरेका छन् । कारखानाले उत्पादन गरेको फस्ट फलसको चिया विश्व बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । इलाममा पाँच हजार ५८२ साना किसान चियामा आश्रित रहेका छन् । इलाममा फस्ट फलसबाट वर्षेनी २५ देखी ३० लाख किलोग्राम हरियो चियापत्ती उत्पादन हुन्छ । जसबाट पाँच लाख किलोग्रामभन्दा बढी तयारी चिया बन्ने गरेको छ । फस्ट फलसको चिया टिप्न नपाउँदा इलामसहित पूर्वी जिल्लाका किसानलाई करोडाँैं रुपैयाँ घाटा भइसकेको छ ।

लकडाउनमा घरमै बसेका मजदुरहरु पनि काममा फर्किएका छन् । शुरुमा चियामा काम गर्न नपाइएला भन्ने चिन्तामा बसेका मजदुर चिया टिप्न पाएकामा खुशी भएका हुन् । मजदुरहरुले सरकारी चिया बगानमा काम गरेको समेत दैनिक ज्यालादारीकै रुपमा पारिश्रमिक पाउने गरेका छन् । दैनिक १८ किलो चिया टिप्ने मजदुरले दैनिक रु ३८५ पाउने प्रावधान छ । यदि १८ किलोभन्दा माथि चिया टिपे प्रतिकिलो रु आठका दरले पारिश्रमिक बढ्छ । तर दैनिक १८ किलो चिया नपिटे दैनिक ज्यालामा उसैगरी दैनिक नै प्रतिकिलो आठ रुपैयाँका दरले घट्दै जान्छ ।

यसवर्ष समयमा नै वर्षा भएका कारण किसानहरु खुशी भएका छन् । समयमा नै वर्षा भएका कारण छिटो चिया पलायो । कारखानाले चिया नलिएको भए हुर्किएको चिया नाश हुने तथा चिया नटिप्दा वर्षभरि नै कम चिया पलाउने हुन्छ । पहिलो टिपाइ समयमै नगरिएमा अन्य टिपाइमा समस्या हुने चिया किसानको भनाइ छ । बेलैमा पानी परेकाले शुरुवाती अवस्थामा नै चियाको मुना पनि बाक्लै पलाएको छ । चिया बगानमै पहिलो टिपाइ पनि हुर्किने र छिप्पिने त्रास अब हटेको छ । दुई पात एक सुइरो चिया सबैभन्दा उत्तम मानिन्छ । तर कतै लामो चियासमेत टिप्नु परेको छ ।

इलाममा धेरै चिया उत्पादन हुने भएकाले जिल्लालाई चियाको जिल्ला समेत भनिन्छ । युरोपेली देशका चिया व्यापारीहरु यहाँ आएर महिनौ दिन बिताउने भएकाले यहाँ सञ्चालित होटलहरुमा समेत असर देखिएको छ । उत्पादित र प्रशोधित चिया विदेश निर्यात हुने गरेको थियो । चिया चाख्न आउने विदेशी व्यापारीहरु समेत आउने अब आउने नआउने थाहा नभएकोले चिया किसानमा पनि चन्ता उत्तिकै रहेको छ । उद्योगीहरुले उत्पादन गरेको चिया खरिद गर्नका लागि विभिन्न देशहरुबाट व्यापारी वर्षेनी आउने गरेका थिए । उनीहरुले चिया चाखेर राम्रो स्वाद भएको चिया खरिद गरेर लैजाने गर्दछन् । यसरी उनीहरुले लगेको चिया आफ्नो दशेमा विक्री भएपछि समय समयमा मगाउने गरेका छन् ।
दाहालबन्दु अर्थोडक्स चिया प्रशोधन उद्योगका सञ्चालक मोतीराम दाहालले चिया प्रशोधन भए पनि समस्या थपिएको बताउनुभयो । इलाम नगरपालिका–१ मा दाहालले चिया उद्योग सञ्चालन गर्नुभएको छ । विगत वर्षहरुभन्दा उत्पादन र चिया निकासी बढाउने दाउमा रहेका दाहालका सपना कोरोना भाइरसका कारण भएको लकडाउनले समाप्त पारिदिएको महसुस उहाँलाई भएको छ । उहाँको जस्तो चिन्ता यहाँका सबै कारखानामा देखिन्छ ।

पहिलो टिपाइको चिया गुणस्तरीय हुने भएकाले मूल्य पनि उच्च नै हुन्छ । तर यतिबेला भने किसानहरु टिप्नमात्र पाए हुन्थ्यो भन्ने चेपुवामा छन् । यसलाई जति छिटो बजारमा लग्यो उति नै बढी फाइदा हुनेथियो तर यसवर्ष वातावरण नै मिलेन । पहिलो टिपाइलाई नेपालमा मात्र नभएर भारत, युरोप अस्ट्रेलियाजस्ता देशमा समेत उच्च गुणस्तरको मानेर लैजाने गरिएको छ । नेपालमा पनि पहिलो टिपाइको हरियो पत्ति प्रतिकिलो रु ६० देखि ७० सम्ममा खरिद गर्ने यहाँका उद्योगहरु अहिले भने आफैँ अप्ठेरोमा परेका छन् । जाडो बढेसँगै गएको कात्तिक अन्तिमबाट चिया टिप्न छोडिएको थियो । चियाकफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा पाँच हजार ५८२ परिवार चियामा आश्रित छन् ।

इलाममा तीन हजार ३९३ हेक्टरमा चियाखेती छ । चियाखेतीबाट वार्षिक १५ हजार ९७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको छ । यतिबेला गुणस्तरीय चियालाई नै खेर फाल्नु नपरोस् भनेर किसान तथा उद्योगीहरु प्रार्थना गरेर बसेका छन् । उत्पादित चिया विदेशी बजारमा जाला या नजाला भन्ने बारेमा भने कोरोना सङ्क्रमण रोकिएपछि मात्र थाहा हुने देखिन्छ ।

Tags: चिया टिप्न पाउदा खुशी भए किसान
Share271TweetPin
अघिल्लो समाचार

भारतमा कोरोना भाइरसको रफ्तारमा ४० प्रतिशत कमी

अर्को समाचार

‘भावनात्मक रूपले सदैव मातृभूमिसँगै छौं’

अर्को समाचार

‘भावनात्मक रूपले सदैव मातृभूमिसँगै छौं’

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.