Wednesday, May 14, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह विश्व

‘भावनात्मक रूपले सदैव मातृभूमिसँगै छौं’

ग्रीन इलाम ग्रीन इलाम
April 19, 2020
भित्र विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

कोरोना संक्रमणको विश्वव्यापी समस्याबाट बेलायत पनि अछुतो छैन । धेरै प्रभावित भइसकेका छन् । संक्रमण र त्यसबाट मृत्यु हुने क्रम जारी छ । त्यहाँ रहेका नेपाली पनि प्रभावित छन् नै । यस्तो अप्ठ्यारो बेला नेपालीलाई सहयोग गर्न त्यहाँको एक संस्था सक्रिय छ । बेलायतको डार्टफोर्डमा रहेका नेपालीको संस्था डार्टफोर्ड नेपाली समाजले यस्तो सहयोग अभियान चलाएको हो ।

समाजका अध्यक्ष गजेन कटुवाल अप्ठ्यारामा परेका नेपालीहरुलाई सहयोग गर्न स्वयंसेवीहरुको बेग्लै समिति बनाइएको बताउँछन् । एनआर एन युकेका सल्लाहकार समेत रहेका कटुवाल विकास अभियन्ताका रुपमा परिचित छन् । उनी र उनी आवद्ध संस्थाले धेरै सामाजिक कामहरुमा सक्रियता देखाएको छ । त्यहीँको एक युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सामाजिक विकास विषयको विद्यार्थी समेत रहेका कटुवालसँग अहिलेको अवस्था, विदेश बसाइ अनि गाउँघरका सम्झनाजस्ता प्रसंगहरुमा गरिएको कुराकानीको सम्पादित अंश–

सबैतिर सन्त्रास छाएको यो अवस्थामा के गर्दै हुनुहुन्छ ?

हो, विश्वव्यापी महामारीका कारण बेलायतसहित संसारै आक्रान्त छ । यहाँ रहेका नेपाली पनि स्वाभाविक रुपले प्रभावित हुने नै भए । यस्तो संकटको बेलामा नेपालीहरुलाई कुने अप्ठ्यारो नपरोस् भनेर हामीले ध्यान दिएका छौं । संस्थामा आवद्ध साथीहरुले स्यवंसेवी रुपमा यो काम गर्न रुचि देखाए अनुसार समिति नै बनाएर काम गरिरहेका छौं । कोही कसैले अप्ठ्यारो भोग्नुपरेको भए सम्पर्क गर्न सूचित गरेका छौं ।

बेलायतमा कहिलेदेखि हुनुहुन्छ ?

सन् २००५ को सेप्टेम्बरदेखि सपरिवार छौं ।

के उद्देश्यले आउनुभएको ?

मुख्य रुपमा तत्कालीन माओबादी द्वन्द्व नै हो भन्नुपर्छ । आफूले काम गरिरहेको परियोजना आन्तरिक द्वन्द्वको कारणले बन्द हु्ने  परिस्थिति आयो । घरमा बुवाआमा बस्न सक्ने परिस्थिति भएन । हुन त पछि द्वन्द्वरत पक्षबाटै गाउँमा बसिदिन आग्रह आएको पनि थियो । तत्कालीन बेलामा आफु शासकीय सुधारअन्तर्गतको नागरिक अनुगमन सम्बद्ध कार्यमा रहेकोले बेलायतमा त्यो  बेलाको सीपयुक्त मानिसहरुको पलायनसँगै आवासीय सुबिधा पाइने अवसरका रुपमा आईएको भन्नुपर्छ ।

परदेशको जीवन कसरी चल्दैछ ?

जति नै सम्पन्नताको क़सीमा हाले पनि सहजता त हुन्न नै भन्न रुचाउँछु । हुन त सहजतालाई के ले मापन गर्ने भन्ने अहम् प्रश्न हो । नेपालको र बेलायतको सामाजिक सुरक्षा वा अन्य पक्षलाइ हेर्ने हो भने अलग हो अन्यथा मातृभूमिसँग या आमासँग कसैको तुलना हुनै सक्दैन । कति टाढा वा नजिक भन्ने मात्र हो । परदेशमा पनि हामी संगठित छौं । म केही संस्थामा आवद्ध छु । विशेष गरी आफू बसेको ठाउँको “डार्टफोर्ड नेपाली समिति” को अध्यक्षका रुपमा काम गरिरको छु । एनआरएन युके र इलाम समाज बेलायतको सल्लाहकारका रुपमा सक्रिय छु । यसबाहेक सोसाइटी फर नेप्लीज प्रोफेसनल युके  भन्ने संस्थामा पनि सम्द्धता छ ।

सामाजिक विषयवस्तु र यसमा हुने बहससम्बद्ध कुरामा साथीहरुलाई सहयोग गर्छु । श्रीमती रोशु पनि सामाजिक काममा संलग्न छिन् । इलाम समाजमा यसअघि महासचिवका रुपमा जिम्मेवारी निर्वाह गरेकी थिइन् । हाल सल्लाहकारका रुपमा रहेर सहयोग गरिरहेकी छन् । यसरी हामी निजी काममा मात्र होइन सार्वजनिक हितका काममा सक्रिय छौं । हामी नेपाली पर्वहरु, बेलायतीमाझ नेपाल चिनाउने सांस्कृतिक झलक, साना नानीहरुका लागि नेपाली भाषा कक्षा, जस्ता कार्य यहाँ गर्छौ भने जन्मथलोलाइ सरोगारो पर्दा हातेमालो गर्दछौं । त्यसमा पनि इलामसँग त प्राकृतिक प्रकोप, तथा अन्य मानवीय कार्यमा जोडिरहन्छौ चाहे त्यों फुटबललाई) होस् चाहे त्यो स्वास्थ्यचौकीमा स्ट्रेचर बितरण होस वा आफू पढेको बिद्यालयलाई इलाइब्रेरी होस् सहयोग गरिरहेका छौं । कहिलेकाहिँ दुःखमा परेकाहरुलाई सकेको आर्थिक सहयोग पनि गरिरहेका छौं । जुन हिसाबले भए पनि मातृभूमिलाई पर्दा सक्दो सहयोग गर्न चाहन्छौं ।

घर नगएको कति भयो ? गाउँघर मिस हुन्छ ?

खासमा हामी प्रायः प्रत्येक बर्ष एकपटक जाने गर्छौ । हामी बाबुआमा र एउटा छोरा गरी ३ जना छौं । छोरो र म गत सेप्टेम्बरमा गएका थियौं । ख़ासगरी चाडपर्वहरूमा गाउँघर र बुवाआमा बढ़ी सम्झन्छौं ।

घरबाट टाढा हुँदा कस्तो अनुभव हुनेरहेछ ?

भौगोलिक दूरीभन्दा पनि भावनात्मक रूपले सदैव मातृभूमिसँग छौं । वास्तवमा आफूले जानेको र अनुभव गरेको सीप तथा ज्ञान लगेर बाँड्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । एक दुइवटा कामहरु आफ्नै पहलमा गरिरहेको पनि छु । मूलतः पैसा बोकेर आउने वा त्यही पैसाको कुरालाई स्वागत स्वागत गर्ने प्रवृत्ति चलेको छ । तर बिचार र योजना लिएर आउनेको स्वागत गर्ने परिपाटी अझसम्म आउन सकेको छैन । सायद त्यो तहसम्म हाम्रो समाज तयार भइसकेको छैन कि ।  तर आशा छ पैसा (द्रब्ययुगबाट) बाट बिचार र आदर्शतर्फ समाज रूपान्तरण हुँदै जानेछ । अबको पुस्ताले आदर्श र परियोजनासहितको सामाजिक रुपान्तरणतर्फ समाजलाई लैजाने छ । त्यस्तो दूरगामी कुरा र कामसँग जोडिने मन छ ।

आफ्नो गाउँ–ठाउँका लागि विशेष काम केही योजना छ ?

अहिले इलाम समाजको ब्यानरमै ‘डायस्पोराबीच इलाम’ भन्ने कार्यक्रम गर्ने भने सोचअन्तर्गत अवधारणापत्र लेखीवरी गत बर्ष नै तय गरिसकेको छु । यसअन्तर्गत इलामलाई चिनाउने कार्य गर्ने भन्ने सोच छ त्यसरी नै हामी मिलेर आफू पढेको स्कुल र बरबोटेको अपांग स्कुललाई केही गरौं भन्ने सोच छ । सायद त्यसैमा काम गर्छौ । अर्को कुरा पानीटारको पर्यटन बिकासको लागि यदि साथीहरूले आवश्यक ठानेमा रणनैतिक योजना निर्माणमा सहयोग गर्ने सोच छ । हुन त मौखिक रुपमा केही  पटक कुरा भएको छ । सोहीअनुसार पर्यटकीयस्थल भालूढुङ्गाका साथीहरुसँग पनि  धेरै कुरा भएको छ । हेरौ के के गर्न सकिन्छ, सहयोग गर्दै जाने हो

परदेशमा रहेका नागरिकका लागि स्वदेशको सरकारले के गरिदेओस जस्तो लाग्छ ?

धेरै ठूलो अपेक्षा त छैन । तर बाहिर बसे पनि हाम्रै भनिदिए हुन्छ र सानै भए पनि  पनि गरेको कामको रिकोग्नेशन गरिदिँदा  उत्साह बढ्दो रहेछ । सरकारीस्तरबाट हामीले सिकेको ज्ञान ब्यवस्थापन गर्ने थलो वा संरचना गर्न सके नेपालमै फाइदा हुने थियो । किनभने एउटा विकासको बिधार्थीको नाताले मैले भन्ने गरेको छु, नेपालले मानवीय श्रोतको सही पहिचान र परिचालन गर्न सकेन अब त्यो स्पेस तयार गर्नुपर्छ ।

तपाइँ भएको स्थान र आसपास कति नेपाली छन्, कत्तिको भेटघाट हुन्छ ? के विषयमा छलफल हुन्छ ?

धेरै छौं । अघि पनि भने,  हाम्रो आफ्नै नेपाली समिति पनि छ ।  स्थानीय सरकारसँग मिलेर र स्वःस्फूर्त रुपमा पनि कार्यक्रम गर्छौ । छलफल भेटघाट भइरहन्छ कार्यक्रमहरु भइरहन्छ । नेपाललाई कसरी यस्तो विकासको बाटोमा लैजान सकिन्छ भनेर छलफल हुन्छ औपचारिक र अनौपचारिक दुबै तहमा ।

नेपालीहरू जहाँ गए पनि एकअर्काको खुट्टा तानातान गर्ने हुन्छन् भनेर आलोचना हुने गरेको छ, यस्तो केही भोगाइ छ ?

गज्जब प्रश्न हो यो । हाम्रो स्वभाव पनि हो यो । यसले दुइटै काम गर्छ– सकारात्मक र नकारात्मक । खुट्टा तानातान भन्दा पनि प्रतिस्पर्धा भन्दा राम्रो सुनिएला, तर कहिलेकाहिँ आफूलाई सर्वोपरि राखेर हेर्ने गर्दा विवाद आउँछ । केही पटक भोगेको छु यस्तो । तर कालान्तरमा यस्तो आफैं हट्छ भन्ने लाग्छ । यसलाई सुधार गर्न त आफैं विवेकशील हुनुपर्छ ।  बिस्तारै विवेकको प्रयोग गर्ने क्रम बढेको पनि छ । जस्तै अमुक पार्टीका मान्छेले गरेको सबै काम (भ्रष्ट्राचारलगायत) तिनका कार्यकर्ताले सबै राम्रो भन्ने परिपाटी घट्दै गएको छ । यो. राम्रो पक्ष हो । अब कसैले पनि मिलाएर नीतिगत, बौद्धिक वा आर्थिक भ्रष्टाचार गर्छ भने आफ्नै तहबाट सोध्नुपर्छ वा विवेकशील हुनुपर्छ । मानौं, कसैले मिलाएर नदेखिने गरी अकूत कमायो र आफ्नो स्वार्थका लागि दान दातब्य दिएर महान बन्न खोज्दैछ भने सोध्ने हिम्मत वा बिवेक प्रयोगको हिम्मत गर्न शुरू गर्ने हो भने सुधार सुरु हुन्छ । सारै निराशामात्र पनि नहोऔं । आउने पुस्ताले त्यतातर्फ सोच्न थालेको आभास हुन्छ त्यो राम्रो कुरा हो ।

साभारः नेपालTouch

Tags: ‘भावनात्मक रूपले सदैव मातृभूमिसँगै छौं’
ShareTweetPin
अघिल्लो समाचार

आलेख : चिया टिप्न पाउदा खुशी भए किसान

अर्को समाचार

कोरोना जितेका इलामेको अनुभव बेलिबिस्तार

अर्को समाचार

कोरोना जितेका इलामेको अनुभव बेलिबिस्तार

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.