Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

झलनाथ र सुवासको जिल्लामा आधा अर्ब बेरुजु

ग्रीन इलाम ग्रीन इलाम
July 14, 2022
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ३० असारः इलामका १० स्थानीय तहको बेरुजु ४५ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ५९ प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्ने क्रममा उक्त बेरुजु फेला पारेको हो । स्थानीय तहमा अघिल्लो वर्षभन्दा यो वर्ष ५ करोड १४ लाख १३ हजार रुपैयाँ बेरुजु रकम बढेको हो ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले इलामका स्थानीय तहको बेरुजु ४५ करोड ६६ लाख ३६ हजार रुपैयाँ देखाएको हो । महालेखाले आर्थिक वर्ष २०७७/०७८ मा १० स्थानीय तहको ११ अर्ब ३५ करोड ५ लाख १९ हजार बराबरको लेखापरीक्षण गरेको थियो । कतिपय बेरुजु सैद्धान्तिक छन् भने कतिपय असुल उपर गर्नुपर्नेतर्फ महालेखाले औंल्याएको छ ।

इलामका १० स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रोङ गाउँपालिकाको देखिन्छ । रोङ गाउँपालिकाको बेरुजु प्रतिशत ६ दशमलव ९६ प्रतिशत छ । उक्त पालिकामा ७९ करोड १३ लाख ११ हजारको लेखापरीक्षण गर्दा ५ करोड ५१ लाख ९ हजार रुपैयाँ बेरुजु देखिएको हो । रोङले स्थानीय दुई खानेपानी आयोजनाको ४९ लाख ८७ हजार रुपैयाँको एचडिपी पाइप खरिदमा जिन्सी दाखिला गरेको पाइएको छैन । त्यसैगरी आवश्यकताको पहिचान नगरी ८७ लाख ४० हजार रुपैयाँ बराबरको बिजुलीको खम्बा खरिद गरी योजनामा नदेखाइ मौज्दात राखेको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा कम बेरुजु सूर्योदय नगरपालिकाको छ । सूर्योदयको बेरुजु प्रतिशत १ दशमलव ७४ प्रतिशत मात्र छ । २ अर्ब ११ करोड ५३ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त पालिकामा ३ करोड ६७ लाख २१ हजार रुपैयाँ बेरुजु पाइएको हो । तर, सूर्योदयले नियम विपरित ठेकेदारलाई भुक्तानी दिएको ६४ लाख ९१ हजार भने ठेकेदारबाट असुल गर्नुपर्ने गरी महालेखाले बेरुजु औंल्याएको छ ।

टि टेस्टिङ्ग निर्माणमा नियम विपरित मूल्य समायोजन गरेर ६ लाख ८४ हजारभन्दा बढी भुक्तानी दिएको र १५ शैयाको अस्पताल निर्माण गर्दा ढिस्को खार्ने काम मानिसले गर्ने गरी दर कायम गरेर ठेकेदारलाई भुक्तानी गरे पनि स्थलगत परीक्षण गर्दा मेशिनको प्रयोग गरिएको देखिएको हो । त्यसोगर्दा बढी भुक्तानी दिइएको रकम ५८ लाख ७ हजार रपैयाँ असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

इलाम नगरपालिकाको बेरुजु रकम १० करोड ९६ लाख ३७ हजार रुपैयाँ देखिएको छ । नगरको १ अर्ब ७९ करोड ४४ लाख ४० हजार रुपैयाँको परीक्षण गर्दा ५ दशमलव ७९ प्रतिशतले बेरुजु देखिएको हो । त्यसैगरी माई नगरपालिकाको बेरुजु ५ करोड २८ लाख ४० हजार रुपैयाँ छ । माईको १ अर्ब ७ करोड ३१ लाख ६४ हजार बराबरको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । उक्त पालिकाको बेरुजु प्रतिशत ४ दशमलव ९२ देखिन्छ ।

देउमाई नगरपालिकाको बेरुजु रकम ४ करोड २ लाख १६ हजार देखिन्छ । नगरको १ अर्ब २२ करोड ९३ लाख ५३ हजार बराबरको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । चुलाचुली गाउँपालिकाको ३ करोड २१ लाख २१ हजार बेरुजु छ । फाकफोक थुम गाउँपालिकाको बेरुजु ३ करोड ५१ लाख ६६ हजार पाइएको हो ।

माइजोगमाई गाउँपालिकाको बेरुजु रकम ४ करोड ३२ लाख ११ हजार नै रहेको छ । योभन्दा अघिल्लो वर्ष भने उक्त पालिकाको बेरुजु जिल्लामै सबैभन्दा धेरै थियो । माङसेबङ गाउँपालिकाको भने २ करोड ३० लाख ६८ हजार रुपैयाँ बेरुजु आएको छ । सन्दकपुर गाउँपालिकाको बेरुजु २ करोड ४५ लाख ४७ हजार देखिएको हो ।

इलामको सरकारी कार्यालयमध्ये सबैभन्दा धेरै बेरुजु खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा पाइएको छ । उक्त कार्यालयले उपभोक्तालाई भुक्तानी दिने क्रममा लापरवाही गरेको र खरिद नियमावली विपरित फिटिङ्स सामग्री प्रतिस्पर्धा बिना टुक्राएर खरिद गरेको महालेखाको प्रतिवेदनमा कैफियत जनाइएको हो ।

जनआस्थाबाट

ShareTweetPin
अघिल्लो समाचार

खुल्यो पिपुल्स पावरको आइपिओ, इलाम जिल्लाको लागि ४,४२८२० कित्ता,

अर्को समाचार

जसले नेपालमा चिया विस्तार गर्न योगदान दिए

अर्को समाचार

जसले नेपालमा चिया विस्तार गर्न योगदान दिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.