
इलाम, १४ माघः नेपाल नगरपालिका संघले इलाम नगरपालिकामा कोशी प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना गरेको छ । यो केन्द्र धरान उपमहानगरपालिका पछिको दोस्रो केन्द्र हो । कोशी प्रदेशमा रहेका ५० नगरपालिकाहरु मध्ये साबिक मेची अञ्चलको सबै र कोशी अञ्चलको तेह्रथुम जिल्लाको १६ वटा नगरपालिकाहरुको लागि यो सिकाई केन्द्र स्थापना गरिएको संघका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगानाले इलाममा अयोजित कार्यक्रममा जानकारी दिनु भएको हो ।


कार्यक्रममा संविधान विद् तथा प्रशासनिक विज्ञ काशीराज दहाल, कोशी प्रदेश नगरपालिका संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । इलाम नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य केदार थापाले सिकाई केन्द्र स्थापना कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।





