झापा, १३ माघः झापामा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१० का ३८ वर्षीय विकास राईसहितका व्यक्तिहरू छन् । दमक–१०, सेतुमारीस्थित खेतमा रहेको गोठमा कौडा खेलिरहेको अवस्थामा गए राति (शनिबार) उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद एक लाख ७६ हजार ४९० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।