Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

कृषि उपजले बजार नपाउँदा इलामका किसान समस्यामा

रासस

ग्रीन इलाम ग्रीन इलाम
January 11, 2024
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २३ पुस । बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन् । प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आएका सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराइले पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा चिन्तित हुन थालेको बताए ।
उत्पादित कृषिउपजले बजार नपाउँदा किसानले हातमुख जोड्न समस्या भएको बताएपछि किसानसम्बद्ध सङ्घसंस्थाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । किसानलाई प्रोत्साहन कम भएको जनाउँदै सूर्योदय उद्योग वाणिज्य सङ्घ, नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घ, एलाइन्स फर एग्रो इन्टरप्रेसनर्स र हिमालयन चिज उत्पादक सङ्घले सूर्योदय नगरप्रमुख रणबहादुर राईलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सूर्योदय नगरमा दिनहुँ उत्पादन हुने करिब ६० हजार लिटर दूधको बिक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल ‘स्टक’ रहेको ३७ हजार किलो घ्यू र ४८ हजार किलो छुर्पी र ९३ हजार किलो चिज ९इलाम जिल्ला भरको० बिक्रीका लागि व्यवस्था गर्न माग गरिएको नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घका सचिव मदन पौड्यालले बताए ।
इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याति कमाएको जिल्ला भए पनि जीवनयापनको आधार सङ्कटग्रस्त भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । भारतबाट आयात हुने दुग्ध पदार्थभन्दा सस्तोमा यहाँको दुग्ध परिकार उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरेको अवस्थामा त्यसलाई तीव्र गतिमा अघि बढाउन पनि माग राखिएको हिमालयन चिज उत्पादक सङ्घ सूर्योदयका सचिव तोयानाथ महतले बताए । उनका अनुसार, लम्पीस्किन रोगको खोप कार्डबिना किसानले गाईको बीमासमेत नगर्ने भएकाले पशु बिमा सहज बनाउन आवश्यक समन्वय गरिदिन र खोरेतमुक्त क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न माग गरिएको छ ।
“कृषकले थालेको दूध र दुग्ध व्यवसाय करिब एक वर्षदेखि बजारमा आएको उत्तारचढावका कारण अप्ठ्यारामा छ । खेतबारी मासेर लगाएको चियाको हरियोपत्तीको मूल्य महिनौँदेखि कृषकले पाएका छैनन्”, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले भने, “जिल्लाभर अलैँचीको ७५ प्रतिशत बगान मासिएको छ । अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ ।”
उनीहरूले स्थानीय सरकारमार्फत् तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेका हुन् । सूर्योदय–११ का गोपाल भट्टराइले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्छन् । तर, पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ । “हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ”, उनी भन्छन्, “दूध बिकेन भने किसानले हातमुख कसरी जोड्ने रु घरघरमा अभाव छिर्ने खतरा बढ्यो ।”
दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । यसका कारण कृषक अप्ठ्यारोमा परेका छन् । “यसअघि गुणस्तरको आधारमा प्रतिलिटर रु ७० सम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० मा चित्त बुझाउनुपरेको छ ।” सूर्योदय –१ मकरजुङका किसान जीवन पोखरेल भन्छन्, “न समयमा पेमेन्ड हुन्छ, सबै उद्योगमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो”, इलाममा दुग्ध विकास संस्थान ९डिडिसी०र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै ब्यथा छ ।
सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घ्यू छुर्पी बिक्री नभएपछि निजी डेरीले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको बताए । सन्राइज डेरी उद्योगमा दैनिक दुग्ध सङ्कलन गर्दै आउनुभएका पाण्डेसँग हाल घ्यू छुर्पी स्टक रहेको छ । उनी भन्छ, “सकेसम्म ऋण लिएर पनि किसानको भक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भइसक्यो ।”
आयोजनाले पनि घ्यू, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घ्यू र पाउडर गरेर एक सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिए । “भण्डारण कक्ष कुनै खाली छैनन्”, उनले भने, “बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक सङ्कलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।”
पशुलाई दाना खुवाउन पनि ऋण काँड्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् की भन्ने डर सुरु भएको बताए । उनलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे सुरु हुने आशङ्का छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, “डिडिसी सरकारको निकाय हो, उसले किसानको दूध अस्विकार गर्न मिल्दैन ।”
आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताए । “आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ ।” उनले भने । गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो ।
दुग्ध पदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिनादेखिको दूधको रु ३० करोड भुक्तानी दिन नसकेको चौधरीले स्वीकार गरे । उनका अनुसार, आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक पाँच हजार लिटर स्थानीय बजारमा खपत भए पनि अरू प्रशोधन गरेर घ्यू र पाउडर दूध बनाउने गरिएको छ ।
आयोजनाले इलामबाट दैनिक आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आयोजना आसपासका कृषकबाट एक हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ । विसं २०३० देखि दुग्ध सङ्कलन गर्दै आएको छ । पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता एक लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ ।
विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध सङ्कलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।
इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध सङ्कलन गर्ने आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दुग्ध बिक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ । ललिपप, बम्बैसनजस्ता मिठाई बनाउने उद्योगले तीन हजार लिटर र भारतका बजारमा तीन हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ ।
इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । गाईपालनमा किसानको  लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय सङ्कटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासङ्घ इलाम अध्यक्ष विष्णु दुलालले बताए । रासस

ShareTweetPin
अघिल्लो समाचार

तरुल व्यापार……………….

अर्को समाचार

दुग्धजन्य पदार्थमा देखिएको समस्या र समाधान बारे अन्तरक्रिया

अर्को समाचार

दुग्धजन्य पदार्थमा देखिएको समस्या र समाधान बारे अन्तरक्रिया

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.